बैशाख १४, २०८१ शुक्रबार

विरिङ खोलामा भेटिएको पुरुषको शवको पहिचान खुल्यो

विर्तामोड । आज विहान विरिङ खोलामा भेटिएको पुरुषको शवको पहिचान खुलेको छ । झापा प्रहरीका अनुसार ती पुरुष अर्जुनधारा ३ बस्ने ४० वर्षीय राजकुमार खनाल हुन् ।

ती पुरुषलाई स्थानीयले विहान ८ बजे अर्जुनधारा १ स्थित विरिङ खोलामा भेट्टाएका थिए । शुक्रवार राती १० बजेसम्म घरमै रहेका खनाल कुन समयमा घर छोडेर हिडे भन्नेबारे परिवारले थाहा पाएका थिएनन् । घटना बारे जानकारी हुनासाथ शनिश्चरे प्रहरीले घटनास्थलमा पुगेको थियो । मुचुल्काका लागि विर्तामोड प्रहरी पुगेपछि शवको पहिचान खुलेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले घटनाबारे थप अनुशन्धान हुने जानकारी दिए ।

प्रकाशित मिति : असार १२, २०७८ शनिबार  ११ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]