जेष्ठ ३, २०८१ बिहीबार

यस्तो छ, मंगलवारसम्मको मौसम

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough)  नेपालको  दक्षिणतिर अवस्थित भएतापनि बंगालको खाडीबाट  प्रवेश  गरेको  जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण केहि स्थानहरुमा वर्षाको सम्भावना छ। 

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशको पुर्वी तथा पश्चिमी भुभागमा आंसिक देखि सामान्य वदली र मध्यमा आंसिक बदलीको अवस्था छ। पुर्वका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

श्रावण ५ गते (आइतवार)

दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। 

राती: देशको पुर्वी भु-भागमा सामान्य देखि पुर्ण बदली साथै मध्य र पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। पुर्व र मध्यका एक दुई स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

श्रावण ६ गते (सोमबार)

दिउँसो: देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रहि पुर्वका अधिकांश स्थानमा साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। पुर्व तथा मध्यका एक दुई स्थानहरुमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

 राती: देशको पुर्वी र मध्य भु-भागमा सामान्य देखि पुर्ण बदली साथै पश्चिमी भु-भागमा आंसिक देखि सामान्य वदली रही देशको पुर्वी तथा मध्यका अधिकांश स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरूमा वर्षा हुनेछ । देशको पुर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा  भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

 श्रावण ७ गते (मंगलबार)

दिउँसो: देशको पुर्वी र मध्य पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पुर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा  भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

 राती: देशको पुर्वी र मध्य पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षा हुनेछ। देशको पुर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा  भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ । पुर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशका एक दुई स्थानहरुमा  भारी वर्षाको (Heavy rainfall) सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ। पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने देखिन्छ।

प्रकाशित मिति : श्रावण ५, २०७६ आईतबार  ४ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]