बैशाख ११, २०८१ मंगलबार

हल्दीवारीमा नमुना बाल संसद् अभ्यास शुरु

विर्तामोड । झापाको हल्दीवारी गाउँपालिकामा नमुना बाल संसद्को अभ्यास शुरु भएको छ । हल्दीबारी गाउँपालिकाको सहयोगमा टाइम्स मिडिया नेटवर्कले नमुना बाल संसद् अभ्यासको आयोजना गरेको हो ।

बालबालिकालाई संसदीय अभ्यासको बारेमा जानकारी तथा प्रशिक्षित गर्न उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक प्रदीप परियारले जानकारी दिए । उनका अनुसार संसदीय अभ्यासमा बालबालिकाको सहभागिता गराउन नमुना बाल संसद् आयोजना गरिएको हो ।
मंगलवारबाट शुरु भएको बाल संसद् अभ्यास बिहीवार समापन हुने छ ।

अवधिमा बालबालिकाको क्षमता तथा नेतृत्व विकास, सूचनाको हक, बाल अधिकार र संसदीय अभ्यासबारे सहजीकरण गरिने छ । हल्दीवारी गाउँपालिकाभित्रका ३० जना विधार्थी सहभागी कार्यक्रममा पहिलो दिन क्षमता एवम् नेतृत्व विकास सम्बन्धी सहजीकरण गरिएको छ । युवा अभियान्ता दीपक दासले क्षमता विकास विषयक सहजीकरण गरेका छन् ।

सूचना अभियान्ता राजु श्रेष्ठ, युवा परिषद्का सदस्य सरोज ढकाल, कार्यक्रम संयोजक परियारले सहजीकरण गर्ने कार्यक्रम छ । अभ्यासपछि बालबालिकाले अन्तिम दिन नमुना बाल संसद्को अभ्यास प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : असार १५, २०७८ मंगलबार  ६ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]