बैशाख ८, २०८१ शनिबार

लायन्स क्लब अफ शिवसताक्षीद्वारा विपन्न परिवारलाई राहत वितरण

शिवसताक्षी । लायन्स क्लव अफ शिवसताक्षीले विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरस न्यूनिकरणका लागि गरिएको लकडाउनले गर्दा दैनिक छाक टार्न समस्या परेका शिवसताक्षीका १२ परिवारलाई राहत वितरण गरिएको हो ।

लाइन्स क्लबले शिवसताक्षी ११ का कुन्तादेवी गुरागाँई, अम्बिका घिमिरे, कुमारी यादव, टंक सुवेदी, खगेन्द्र अधिकारी, शिवसताक्षी ९ का रामप्रसाद दुलाल, रामप्रसाद चौधरी र शिवसताक्षी ८ का बेनु अधिकारी लगायत १२ जनालाई राहत वितरण गरेको लायन्स क्लब अफ शिवसताक्षीले जनाएको छ । उनीहरुलाई प्रति परिवार २५ केजी चामल, १ केजी दाल, १ केजी नुन, १ लिटर खाने तेल गरी २५ हजार बराबरको खाद्यन्य वितरण गरिएको थियो ।

त्यसै गरी लायन्स क्लबले शिवसताक्षी ९ का रामप्रसाद चौधरीलाई घर निर्माणका लागि ५ हजार बराबरको जस्ता पाता समेत वितरण गरेको छ । लायन्स क्लबले निरन्तर सेवा भाव राखी गरीव तथा विपन्न समुदाय लक्षित कार्यक्रम गर्दै आएको शिवसताक्षी लायन्स क्लबका चार्टर प्रेसिडेन्ड यामनाथ काफ्लेले बताए ।

आफ्नैले कमाएको रकमलाई संगठित गरेर नागरिकको सेवामा समर्पित गर्ने लक्ष्यका साथ शिवसताक्षी लायन्स क्लब अघि बढेको लायन्स क्लबका वर्तमान अध्यक्ष चन्द्रप्रकाश खनालले बताए । उनले लायन्स क्लब सेवा गर्ने संस्था भएकाले यसले हरेक मानिसको सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । क्लबले दैविक विपत्तीबाट पीडित र आर्थिक रुपमा न्यून भई दैनिक गुजारा चलाउन समस्या परेका परिवारलाई निरन्तर सेवा गर्दै जाने समेत बताइएको छ ।

कार्यक्रममा लायन्स क्लबका निवर्तमान अध्यक्ष अग्नीप्रसाद दुलाल, उपाध्यक्ष दुर्गाप्रसाद भट्टराई, डिल्ली रमण खतिवडा, सचिव रमेश मैनाली लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : असार २२, २०७८ मंगलबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]