जेष्ठ २, २०८१ बुधबार

प्रधानमन्त्री ओली र नेता नेपालबीच मेरियटमा भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

स्रोतका अनुसार ओली र नेपालबीचको भेटवार्ता होटल मेरियटमा भएको हो । पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदलले मस्यौदा बनाउँदै गर्दा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो ।

यसअघि आजै बसेको कार्यदलको बैठकले पार्टी विवाद समाधानउन्मुख भएको र केही विषयमा छलफल गरेर अन्तिम रुप दिने निर्णय गरेको थियो । त्यसका लागि ओली र नेता नेपालबीच भेटवार्ता गर्ने नेताहरूले बताएका थिए ।

प्रकाशित मिति : असार २३, २०७८ बुधबार  ७ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]