बैशाख १३, २०८१ बिहीबार

बहुविवाह मुद्दामा ओली पक्राउ, पाँच दिन म्याद थप

बिर्तामोड । हल्दीवारी -१ गोल्धापका युवा नितेश ओलीलाई झापा प्रहरीले बहुविवाह गरेको आरोपमा पक्राउ गरेको छ । बहुविवाह मुद्दामा उनलाई बुधबार पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।

छुद्र व्यवहारका ओलीले ४ वर्ष अघि बिर्तामोड २ कि एक युवतीसँग विवाह गरेका थिए । विवाहपछि विभिन्न समस्या झेल्दै आएकी श्रीमतिसँगको सम्बन्ध विच्छेद मुद्दा चलिरहेको बेला ओलीले फेरि इलाम चुलाचुलीकी एक युवतीलाई श्रीमतिको रुपमा भित्राएका छन् । बहुविवाहको जोहरी परेपछि स्थलगत अध्ययन गरेर दोस्रो श्रीमति ल्याएको पुष्टि भएपछि प्रहरीले ओलीलाई पक्राउ गरेको प्रहरी स्रोतको भनाई छ ।

कथित अभियान्ता हुँदै घुमिरहेका ओलीलाई प्रहरीले थप अनुसन्धानका गर्न ५ दिनका लागि म्याद थप गरेको छ । केही महिनाअघि मात्रै ओलीले चलाएको सवारीको ठक्करमा परि एक जना सडक मानवको ज्यान गएको थियो । करिव एक महिनाअघि मात्रै हिरासतबाट छुटेका ओली फेरि जिल्ला प्रहरी कार्यालय झापाको हिरासत मै पुगेका छन् ।

पहिलो श्रीमतिको आफन्तहरुलाई फेसबुकबाट मनपरी लेख्ने, गालीगलौज गर्दै धम्की दिने ओलीलाई चारपाने क्षेत्रका युवाले धाकधम्की दिएको भन्दै कुटपिट गरेका थिए । कुटपिटका क्रममा ओलीले बहुमुल्य सामान र नगद् समेत चोरी भएको आरोप लगाउदैं उजुरी दिएका थिए । सो उजुरीका आधारमा अनुसन्धान गर्दा ओलीले झुटो आरोप लगाएको पुष्टि भएको थियो ।

सो घटना जिल्ला प्रशासनमा पुगेको थियो । सोही बेला ओलीले सामाजिक सञ्जालमा सिडियोलाई मनपरी समेत लेखेका थिए । सिडियोमाथि मनपरी लेखेको भन्दै प्रहरीको निगरानीमा परेका ओली केहि महिना फरार भएका थिए ।

प्रकाशित मिति : असार २४, २०७८ बिहीबार  ४ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]