बैशाख ७, २०८१ शुक्रबार

मेचीनगरको बजेट : १ अर्ब ५३ करोड ६३ लाख २९ हजार ३ सय ५४ रुपैयाँ पारित

विभिन्न संघ संस्थासहित खेलाडी र स्वास्थ्यकर्मीहरुलाई सम्मान

मेचीनगर । मेचीनगर नगरपालिकाले शुक्रबार विभिन्न संघ संस्था र व्यक्तिलाई सम्मान गरेको छ । असार १० गतेबाट शुरु भएको आठौं नगरसभाको समापनका अवसरमा नगरपालिकाले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न संघ संस्था, राजनीति दल, खेलकुदको माध्यमबाट सिङो मेचीनगरको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने खेलाडीहरु, नगरका विभिन्न वडाका कोभिड १९ सँग सम्बन्धित फोकल पर्सन, स्वास्थ्यकर्मीलगायतलाई सम्मान तथा पुरस्कृत गरेको हो ।

नगरपालिकाले वर्षाेउत्कृष्ट कर्मचारीका रुपमा वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीलाई नगद २५ हजार रुपैयाँसहित सम्मान पत्रसहित प्रदान गरेको छ । कोभिड सक्रमण नियन्त्रण कार्यदल सचिवालय र आइसोलन व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दैं कार्यदलका सचिवालय संयोजक नवीन बराल र आइसोलन व्यवस्थापनमा समिति संयोजक सन्तोष मेचेलाई सम्मान पत्र प्रदान गरिएको थियो । मरोणापरान्त सम्मान वडानम्बर ७ का वडाध्यक्ष चन्दन मेचेलाई प्रदान गरिएको थियो । उहाँको सम्मान स्वर्गीय मेचेको पत्नीले ग्रहण गर्नुभएको थियो ।

मेचीनगर स्थायी बसोवास भई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक दिलाउन सफल व्याडमिन्टन राष्ट्रिय खेलाडी अमिता गिरी, क्रिकेटतर्फ रुविना क्षेत्री, रोमा थापा,काज श्रेष्ठ र अप्सरी वेगम समेत नगरपालिकाबाट पुरस्कृत र सम्मानित हुनुभएको छ । कराँते तर्फका क्रमसः थापा, अस्मिता मल्लिक, सन्ध्या ठटाल, विक्रम मल्लिक,निश्चल शिवाकोटी र अभिशेक दवाडी फुटबलतर्फ पुजन उपरकोटी र टेनिसतर्फ इरा राउत, प्रनव खनाल सम्मान तथा पुरस्कृत हुनुभएको छ । नगरपालिकाले क्रिकेटका प्रशिक्षक वीरु श्रेष्ठ र भलिवलका प्रशिक्षक गणेशविक्रम नेम्वाङलाई समेत सम्मान गरेको थियो ।
यसैगरी, कोभिड संक्रमण नियन्त्रण र रोकथाममा पुर्याएको योगदानको कदर गदैं नगरपालिकाले कोभिड फोकल पर्सन सविता सापकोटा, ल्याव टेक्निसियनहरु धनकुमार राई, कमला राजवंशी तथा कोभिड आइसोलेसनमा कार्यरत डाक्टर अमृत सापकोटा र डाक्टर रोशन आचार्यसहित स्वास्थ्यकर्मीहरु सवितादेवी प्रधान, सदिक्षा भट्टराई, प्रगति खतिवडा र रेगन निरौलालाई पुरस्कृत तथा सम्मानित गरेको छ । सोहि अवसरमा एम्बुलेन्स चालक भिमबहादुर खड्का,जंगबहादुर खड्का र शव वाहन चालक विक्रम माझी नगदसहित पुरस्कृत र सम्मनित हुनुभयो । नगरपालिकाको वडा स्वास्थ्य फोकल पर्सनहरु विक्रम अधिकारी, हरिशचन्द्र देवकोटा, दुर्गा गौतम, तालबहादुर खड्का, धनकुमारी राई, लेखनाथ खतिवडा, गोमा कोइराला, रामप्रसाद अधिकारी, सुष्मा कार्की, सुरजकुमार भट्ट,कल्पना भण्डारी, सिर्जना अधिकारी, हेमन्त शर्मा दाहाल, दिवाकर पौडेल र अमृत कार्की पनि नगदसहित सम्मानित र पुरस्कृत हुनुभयो ।

नगरपालिकाले मेचीनगरमा क्रियाशील राजनीतिक दलहरु नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कोभिड संक्रमण नियन्त्रण र रोकथाममा योगदान पुर्याएको भन्दैं सम्मान पत्र प्रदान गरेको छ । उक्त सम्मान पत्र नेकपा एमाले मेचीनगर अध्यक्ष खेमराज पोखरेल, नेपाली काँग्रेस १ नम्बर क्षेत्रीय सभापति मणि उप्रेती, नेकपा माओवादी केन्द्र मेचीनगर अध्यक्ष पुष्प गुरागाईँ जनता समाजवादी पार्टी मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ् र राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व मेचीनगर अध्यक्ष सुशलि आचार्यले ग्रहण गर्नुभयो ।

यसैगरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, धुलावारी र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट वीओपी काँकरभिट्टालाई समेत कोभिड संक्रमण नियन्त्रण र रोकथाममा योगदान पुर्याएको भन्दैं सम्मान पत्र प्रदान गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरिक्षक सुनील दाहाल, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राई र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट वीओपी काँकरभिट्टाका वीओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेम राईले सम्मान पत्र ग्रहण गर्नुभयो ।

रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष रोहित बुडाथोकी, रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष कपिल क्षेत्री, लायन्स क्लब अफ काँकरभिट्टाका अध्यक्ष सन्तोष आचार्य, मेचीनगर स्काउटका प्रमुख रीता थापा, हाम्रो अभियानका संयोजक नरेश महरा, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, मेची अभियानका सुशील आचार्य, गोर्खा मेमोरियल फाउण्डेशन नेपाल शाखाका अध्यक्ष नगेन्द्रकुमार गुरुङ,नेपाल रेडक्रस सोसाईटि उपशाखा मेचीनगर सभापति कुसुम कोइराला मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, होटल व्यवसायी सघ मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ फेवा, ट्राभल सघ झापाका अध्यक्ष निरबहादुर ‐नेत्र) कार्की, सामुदायिक भवन बाहुनडाँगी अध्यक्ष पोषकुमार दर्जीले आ आफ्नो संस्थाको सम्मान पत्र ग्रहण गर्नुभएको थियो । नगरपालिकाले यी संस्थाहरुले कोभिड संक्रमण नियन्त्रण र रोकथाममा योगदान पुर्याएको भन्दैं सम्मान पत्र प्रदान गरेको थियो ।

अतिथि सदन धुलावारी, पासाङ ल्हामू जेसीज स्मृति प्रतिष्ठान, राधास्वामी, सत्यसाई केन्द्रलाई समेत नगरपालिकाले सम्मान पत्र प्रदान गरेको थियो । सवैलाई नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीसहित विभिन्न राजनीति दलका प्रमुख प्रतिनिधिहरुले खादा अविर टिका र नगद तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

यो सँगै असार १० बाट शुरु नगरपालिकाको आठौं नगर सभा समापन भएको छ । असार १० गते नगरप्रमुख विमल आचार्यले नगरका विभिन्न चूनौतीहरुलाई सामना गदैं नगरको विकास सुशासन र समृद्घिको कार्यलाई मुल ध्येयका साथ अघि बढाउने गरी आगामी आर्थिक वर्ष ०७८/०७९ को वजेटको स्रोत र सीमा निर्धारण गरी सो को कार्यान्वयनका लागि तयार गरिएको सुशासन तथा क्षमता विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपत्त व्यवस्थापन, आर्थिक विकास, विधेयक सम्बन्धि ८२ बुदाँको नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्नुभएको थियो । त्यसबेला नगर उपप्रमुख मीना पोखरेलले आगामी आर्थिक बर्ष ०७८/०७९ का लागि प्रस्तुत गर्नुभएको १ अर्ब ५३ करोड ६३ लाख २९ हजार ३ सय ५४ रुपैयाँको वार्षिक बजेट सभाले पारित गरेको छ ।

मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलकातर्फबाट नेपाली काँग्रेसका १ नमबर क्षेत्रीय सभापति मणि उप्रेतीले बोल्नुभएको थियो । नगर उपप्रमुख उप्रेतीले स्वागत गरेको नगर सभा समापन कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले गर्नुभएको थियो ।

प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार  ७ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]