जेष्ठ २, २०८१ बुधबार

चोलेन्द्रको फैसला मान्दैनौं : झापाली युवा

बिर्तामोड । सर्वोच्च अदालतको फैसला विरुद्ध राष्ट्रिय युवा संघले झापामा विरोध जनाएको छ । युवा संघको नेतृत्वमा भएको विरोधमा अदालतले गैर संवैधानिक फैसला गरेको भन्दै विरोध गरिएको हो ।

बिर्तामोडमा साँझ भेला भएका युवा संघका युवाहरुले अदालतले राजनीति गरेको आरोप लगाएका छन् । विरोध ¥याली आयोजना गर्दै युवाहरुले बिर्तामोड परिक्रमा गरेका थिए । सर्वाेच्च अदालतका प्रधानन्यायाधीशले बहुदलीय व्यवस्था समाप्त गर्ने प्रपञ्च गरेको आरोप लगाइएको छ । युवाहरुले न्यायलयभित्र पूर्वाग्रही राजनीति प्रवेश गरेकोमा आपत्ति जनाएका छन् ।

र्यालीपछि कोणसभामा बोल्दै युवा संघका नेता पर्वतराज भण्डारीले न्यायलयको गलत गतिविधि विरुद्ध युवाहरु एक ठाउँ रहेको भन्दै मुलुकको व्यवस्थामाथि मनपरी गरिएको फैसला नमान्ने चेतावनी दिएका छन् । उनले तमाम युवाहरुलाई सर्वोच्च अदालतले गरेको राष्ट्रहीत विरोधी फैसलाको कडा प्रतिवाद गर्न आग्रह गरेका छन् । युवा संघका युवाहरु राष्ट्रहीत विरोधी सबैखाले फैसला प्रतिवाद गर्न सक्षम रहेको नेता भण्डारीको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा फैसला भएको दिन सांकेतिक विरोध गरिएको छ । युवाहरुले गलत फैसलाको विरुद्धमा सडक आन्दोलन चर्कोउने चेतावनी दिएका छन् । उनीहरुले प्रधानन्यायाधीलाई तत्काल फैसलाप्रति पुनर्विचार गर्न सूझाव दिएका छन् । सर्वोच्चको फैसला नसच्याए युवाहरुले न्यायलयका दलालीहरुलाई सवक सिकाउने बताएका छन् ।

हेर्नुस् भिडियो

इलाममा प्रन्याको पुत्दा दहन

सर्वोच्च अदालतले दलीय व्यवस्था मासेर फैसला गरेको भन्दै अनेरास्ववियु र राष्ट्रिय युवा संघ इलामले आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशर जवराको पुत्ला दहन गरेको छ । नेकपा एमालेको पार्टी कार्यलयबाट नाराजुलुस गर्दै चोक बजारमा प्रधानन्यायाधीश जवराको पुत्ला दहन गरेका गरिएको छ ।

पुत्ला दहनपछि भएको क‍ोणसभालाइ सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य तथा नेकपा एमालेका युवा नेता रबिन्द्र सुबेदीले सर्बोच्चको फैसलाले दलिय व्यवस्था मास्दै सत्तिपृथकिकरणको सिध्दान्त विपरीत जनताको अधिकार कुण्ठित गरेको बताए । कोणसभा लाई सम्बोधन गर्दै सुवेदीले लोकतन्त्र मासिने दिसामा मुलुक गएको भन्दै प्रतिरोधमा उत्रन आब्हान समेत गरेका छन । अदालतले प्रधानमन्त्री तोक्ने हो भने दलहरू र निर्वाचन को के काम ? त्यसैले जनता प्रतिरोधमा उत्रनु पर्छ सुवेदी भने । जुलुसमा संविधान मिच्न पाइदैन ,निर्दलीय शासन चाहिदैन, जनताको सार्बभौम अधिकार खोस्न पाइदैन,लोकतन्त्र मास्न पाइदैन भन्दै नारा लगाएका थिए ।

प्रकाशित मिति : असार २८, २०७८ सोमबार  ७ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]