बैशाख १५, २०८१ शनिबार

ठुलो दुर्घटनाबाट जोगियो राजगढ बजार

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका –३ मा रहेको राजगढ बजार ठुलो दुर्घटनाबाट बचेको छ । आज दिउँसो बजार क्षेत्रभित्रबाट कुदिरहेको अलकत्र बोकेको गाडिमा अकास्मात आगलागी भएको थियो ।

बिच बजारमा कुदिरहेको गाडिमा आगलागी हुन थालेपछि चालकले आगो सहित कुदाउदै गाडिलाई खाली ठाउँमा पुराएका थिए । सो गाडि आगलागीबाट पूर्ण ?पमा क्षति भएको छ । बजार क्षेत्रमै आगलागी भएको थियो भने बजारमा ठुलो क्षति हुने थियो, स्थानीय गायक राजवंशीले जानकारी दिए । उनका अनुसार चालकले ठुलो दुर्घटनालाई साहस गरेर रोक्न सफल भएका छन् ।

आगो निभाउन बिर्तामोडबाट दमकल राजगढ पुगेको थियो । आगलागी शु? भएको धेरै समयपछि दमकल घटनास्थल पुगेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । बिर्तामोडबाट राजगढ दुरीका हिसावले पछि टाढा पर्छ । स्थानीयबासीले गाउँपालिकालाई तत्काल दमकल खरिद गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : असार २९, २०७८ मंगलबार  ५ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]