जेष्ठ ३, २०८१ बिहीबार

निर्वतमान प्रधानमन्त्री ओलीलाई युवा संघले ५ हजार सवारीका साथ स्कर्टिङ गर्ने

काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्ने हुुनुभएको छ ।

३९ महिना लामो प्रधानमन्त्रीको कार्यकाल पुरा गरेर ओली आज बालकोट निवास सर्न लाग्नुभएको हो । २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार सर्नुभएको थियो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हिजो प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले आज सरकारी निवास छाड्न लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीलाई युवा संघ नेपाल करिब २ हजार गाडी र ३ हजार मोटरसाइकल सहित बालकोट निवासका लागि स्कर्टीङ गर्ने तयारी गरेको छ ।

ओलीको स्कर्टिङका लागि युवा संघ नेपाल र खेलकुद महासंघले आफ्ना कार्यकर्तालाई साढे १० बजे बालुवाटारमा भेला हुन आह्वान गरेका छन् ।

प्रकाशित मिति : असार ३०, २०७८ बुधबार  ९ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]