जेष्ठ ३, २०८१ बिहीबार

एमालेले सर्वोच्चको फैसला जनतालाई बुझाउने

काठमाडौं– प्रमुख विपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतको प्रतिनिधि सभा पुर्नस्थापना गरी परमादेश मार्फत प्रधानमन्त्री नियुक्ति गर्ने निर्णयको आलोचना गरेको छ ।

संसदीय दलको बैठकले सर्वोच्चको निर्णयविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

आज असन्तुष्ट भएर अनुपस्थित हुने सांसद्लाई अर्को बैठकसम्म उपस्थित हुने वातावरण बनाउने निर्णय गरेको भट्टराईको भनाइ छ ।

बैठकले बाढी पहिरोमा ज्यान गुमाउने तथा कोभिडमा ज्यान गुमाएका प्रति श्रद्धान्जली र शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । घाइतेको उपचारको लागि एमाले संसदीय दलले सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : श्रावण १, २०७८ शुक्रबार  ६ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]