बैशाख ८, २०८१ शनिबार

लुकिडुम खेल्दा लुकेका आशिष वेपत्ता

शिवसताक्षी । झापा शिवसताक्षीका १३ वर्षीय एक बालक तीन दिन देखि बेपत्ता भएका छन् ।
छिमेकी साथीसँग लुकी डुम खेलिरहेका शिवसताक्षी नगरपालिका वडा नम्बर १ का १३ वर्षीय वालक साउन ५ गते देखि वेपत्ता भएको उनका बुबा गोकुल खनालले बताए ।

आफन्त र उनका साथीहरुको घर खोजी गर्दा पनि कहि फेला नपरेको खनालले बताए । उनका छिमेकी साथीका अनुसार दिउसो १ बजेसम्म घरैमा लुकिडुम खेलिरहेका थियौ । लुक्ने क्रममा हराएका उनि अहिलेसम्म फर्किएका छैनन् ।


साउन ५ गते देखि हराएका आशिष खनाल नाम गरेका ति बालक त्यसैदिन ३ वजेपछि पूर्वपश्चिम राजमार्गको दुधे हुँदै पूर्व गएको सतासीधाम सामुदायिक प्रहरी केन्द्रको सीसी टिभीको फुटेज देखिएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।


दुुइ रङको भेष्ट, सामुदायिक विद्यालयको निलो पैन्ट र साधारण फ्याटफ्याटे चप्पल लगाएर हराइरहेका आशिष नेपाली, अंग्रेजी र हिन्दी भाषामा कुरा गर्न सक्ने उनका बुवाले बताएका छन् । उनका वुबा खनालले एक अपील प्रकाशित गर्दै भनेका छन्, ‘मेरो छोरालाई देख्नु वा भेट्नु हुने महानुभावले नजिकको प्रहरीमा खवर गरिदिनुहोस । ’

यता ईलाका प्रहरी कार्यालय झिलझिलेले बालक वेपत्ता भएको निवेदन आउने वित्तिकै खोजी कार्य शुरु गरेको बताएको छ । हामीले मातहतका प्रहरी खटाएर संभावित स्थानमा खोजी गरिरहेका छौ । बेपत्ता बालक धरमपुरको लक्ष्मी नारायण माविमा कक्षा ७ मा अध्ययनरत थिए भने यसअघि सुरुङाको कनकाई माविमा कक्षा ६ सम्म अध्ययन गरेका थिए ।

प्रकाशित मिति : श्रावण ७, २०७६ मंगलबार  १ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]