बैशाख १६, २०८१ आईतबार

फ्लाट भाडामा लिई बिर्तामोडमा व्यापारीको अपहरण, ४० लाख फिरौती माग्ने ४ जना पक्राउ

विर्तामोड । झापाको विर्तामाडमा फ्लाट भाडामा लिएर अपराधिक क्रियाकलाप गर्दै आएको गिरोहलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ । विर्तामोडका एक व्यवसायीलाई अपहरण गरी ४० लाख फिरौती माग गरेको घटना बाहिर आएपछि प्रहरीले सो समूहलाई पक्राउ गरेको हो ।


बिर्तामोड–४ कुमारी बैंक पछाडिको गल्लीमा घर भाडामा लिई व्यवसायी अपहरण गर्ने गिरोहका ४ जना व्यक्तिलाई पक्राउ गरेको इप्रका अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिए । प्रहरीले बिर्तामोड–४ मा मोटर साइकलको रिकण्डिशन सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलाम फाकफोकथुम – १ घर भई हाल विर्तामोड–२ चारपाने बस्ने २० वर्षीया रितु फियाक, दार्जिलिङको खोरीबारी ठेगाना बताउने २७ वर्षी सञ्जु क्षेत्री भन्ने सुजन शंकर र बिर्तामोड–४ का २५ वर्षीय प्रकास दासलाई पक्राउ गरेको छ । अपहरणमा पर्ने फलफुल व्यवसायी हुन् । उनीसँग पैसा छ भन्ने सूचना मेराज खानलाई मात्र थियो ।

यसरी भयो अपहरण
जया खान बताउने किशोरी गत असार २८ गतेदेखि इमो र मोवाइलबाट ति व्यवसायीसँग सम्पर्कमा पुगिन् । अपहरणमा पर्ने व्यसायीसँग जया खानले लगातार इमोबाट भिडियो कल गर्दै भेट्ने प्रस्ताव गरेको अनुशन्धानबाट खुलेको छ । किशोरीले व्यवसायीलाई कुमारी बैंक नजिकै साउन १ गते राती ७ : ३० बजे भेट्न बोलाएर साथीको कोठामा जाऔं भन्दै ४ तले घर माथिको कोठामा पु¥याएको प्रहरीको भनाई छ ।

खानले कोठामा पु¥याएपछि १२ बजे अपरिचित ३ जना व्यक्ति कोठामा छिरेर व्यवसायीलाई सबै कपडा खोल्न लगाएर, कुटपिट गरी नाङ्गो भिडियो बनाएको बुझिएको छ । सो भिडियो सामाजिक सञ्जालमा हालिदिने भन्दै कुटपिट गरेपछि व्यवसायीले ४० लाख दिने सहमति गरेको अनुसन्धानमा खुलेको छ । सो गिरोहले ५० लाख माग गरेको थियो । फिरौती दिने सहमति भएपछि मात्र व्यवसायीलाई छोडेको डिएसपी थापाले जानकारी दिएका छन् ।

किशोरीको प्रयोग
जया खान नाम गरेकी किशोरीको असली नाम रितु फियाक हो । उनलाई अपहरणको घटनामा प्रयोग गरेको देखिन्छ । सो घटना भएको दिन उनलाई प्रकास दासले स्कुटरमा चारपाने पु¥याएका थिए । कुमारी बंंैक पछाडिको कोठा समेत दासले नै भाडामा लिएको प्रहरीको भनाई छ । दासले नै व्यवसायीको नम्बर दिएर कुरा गर्न लगाएको घटनामा संलग्न किशोरीले बताएकी छन् । उनलाई प्रकासले चावी दिएर ति व्यवसायीलाई कोठा पु¥याएको खुलेको छ । माक्स लगाएर कोठामा पुगेका प्रकासले हातमा छुरी समेत बोकेका थिए ।


फिरौति साउन ५ गते दिने सहमति गरेर मुक्त भएका व्यवसायीलाई विभिन्न नम्बरबाट सम्पर्क गरेर पैसा मागेपछि उनले इप्रका अनारमनीमा उजुरी दिएका थिए । उजुरी प्राप्त गर्नासाथ बिर्तामोड प्रहरीले अनुसन्धान थालेको थियो । उजुरी दिएको दुई दिनमा प्रहरीले अपहरणकारीहरुलाई चारआलीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुले त्यसबेला प्रहरीलाई खवर गरेमा मारिदिने धम्की समेत दिएका थिए ।

लागुऔषद् बरामद्
प्रहरीले उनीहरुको साथबाट लागुऔषध पनि बरामद् गरेको छ । बा.१५च ७३३९ नम्बरको कार सहित प्रहरीले स्कुफ लेखिएको १०० मि.लि को शिलप्याक ३ बोतल, प्रोप्रानोल १ पत्ता, निट्रोशन १ पत्ता, कालो बोतल १ थान बरामद् गरेको हो ।

कानुनी कारवाही
अपरहरण गरी फिरौति माग गर्नेलाई शरिर बन्धक बनाई आर्थिक लाभ उधोग गरेको तथा लागु औषध कारोवारीमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको इप्रका प्रमुख डिएसपी मोहन थापाले जानकारी दिए । घटनामा संलग्नहरुलाई लागु औषध र बन्दक दुबै गरेर १७ वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

फरार पनि पक्राउ
अपहरणको घटनामा संलग्न सञ्जु क्षेत्री भन्ने सुजन शंकर फरार अभियुक्त रहेको खुलासा भएको छ । ०७४ सालमा २ जना महिलालाई जवरजस्ती यौनधन्दामा लगाएकोले मानव बेचविखन तथा ओसारपसार मुद्दामा उनलाई जिल्ला अदालत झापाले १० वर्ष कैद सुनाएको थियो । शंकर अहिलेसम्म फरार थिए । शंकरको श्रीमति सुष्मा चौधरी पनि जिल्ला कारागार भद्रपुरमा कैद भुक्तान गरिरहेकी छन् । उनीहरुको कृषिथोकमा सेकुवा कर्नर थियो । सोहि सेकुवा कर्नरमा यौनधन्दा चलाएको आरोपमा मानव बेचविखन मुद्दामा चौधरी कारागार चलान भएकी थिइन् ।

को हुन् मेराज खान

खान बिर्तामोडका पुराना बासिन्दा हुन् । सामान्य परिवारका खानले पछिल्लो समय गरेको आर्थिक प्रगतिले जो कोहि चकित पर्ने गरेका छन् । उनको बलियो आर्थिक स्रोत पनि त्यस्तो नरहेको जानकार बताउँछन् । बिर्तामोडमा पछिल्लो समय पुराना मोटरसाइक बनाएर विक्रि गर्न उनले रिकण्डिशनको व्यापार थालेका थिए । भद्रपुर रोडस्थित विजुली अफिस पूर्वमा रिकण्डिशन सञ्चालन गरिरहेका खान दुई नम्बरी धन्दा गर्ने गरेको अनुमान गरिएको छ ।

लागुऔषधको व्यापार समेत गर्दै आएका खान केहि वर्षयता अपराधिक गतिविधिमा संलग्न हुँदै आएका छन् । ५/७ वर्षअघिसम्म मासिक २ हजारमा काम गर्ने मेराजसँग अहिले बिर्तामोडमा २ वटा सानदार घर, गाडि र जमिन छ । उनले धन्दाबाटै यो सबै आर्जन गरेको स्रोतको दावी छ । स्रोतका अनुसार खान बिर्तामोडमा मिटरव्याजी कारोवार समेत गर्दै आएका छन् । यो घटनामा उन्मुक्तिका लागि राजनीतिक दलका नेतालाई सहयोग मागिरहेको बुझिएको छ ।

प्रकाशित मिति : श्रावण ७, २०७६ मंगलबार  ४ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]