जेष्ठ ३, २०८१ बिहीबार

संसद पुर्नस्थापनापछिको पहिलो बैंठक आज

काठमाडौं । संसद पुर्नस्थापनापछिको पहिलो बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बैठक आह्वान गरिएको छ । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । अध्यक्ष तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरूको व्यहोरा पनि पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिनुभयो ।

यस अधिवेशनले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई निरन्तरता दिने वा नदिने भन्ने निर्णय गर्नेछ। केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपदस्थ गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएपछि नयाँ सरकार गठन भएको हो। देउवालाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह र जनता समाजवादी पार्टीको समर्थन छ।

प्रकाशित मिति : श्रावण ३, २०७८ आईतबार  ६ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]