चैत्र ६, २०८० मंगलबार

सरकारी विद्यालयमा भर्ना हुन प्रवेश परीक्षा

कनकाई । झापाको कनकाई माध्यमिक विधालय सुरुङामा विधार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन थालिएको छ । अन्य सरकारी विधालयमा विधार्थीको हाहाकार भइरहेको बेला कनकाईमा अध्ययन गर्न जाने विधार्थीको संख्या थामिसक्नु छैन ।
परीक्षा दिने विधार्थीमध्ये धेरैजसो नीजि बिधालय छोडेर आएका छन् । बिहीवार कक्षा ४ देखि ९ सम्म भर्ना हुने विधार्थीको लागि प्रवेश परीक्षा लिइएको शिक्षक राजेन्द्र खनालले जानकारी दिए । उनीहरुले अंग्रेजी माध्यमको कक्षामा अध्ययन गर्न परीक्षा दिएका हुन् । आज कक्षा ८ बाट ९ मा जाने नेपाली माध्यमको कक्षाका लागि विधार्थीले परीक्षा लेख्दैछन् ।
कनकाई माध्यमिक विधालयले अंग्रेजी माध्यमको कक्षा शुरु गरेपछि नै भर्नाका लागि प्रवेश परीक्षा लिन थालेको हो । हरेक वर्ष शैक्षिक शत्र शुरु भएपछि करिव २ सय विधार्थी अन्य विधालयबाट अध्ययनका लागि आउने गरेको विधालय स्रोतको भनाई छ । विधालयमा नर्सरी देखि कक्षा १२ सम्म पठनपाठन भइरहेको छ । बोर्डिङ पढिरहेका बालबालिकालाई अभिभावकले यहाँ ल्याउनु हुन्छ, शिक्षक खनालले भने – अभिभावकले शिक्षक दरवन्दी अभाव छ, जनशक्ती समस्या छ भन्दा पनि पढाइदिन आग्रह गर्नुहन्छ । धेरै अभिावकले त कनकाईमा हाम्रा नानी पढ्न पाउनुपर्छ भन्न्हुन्छ, खनालले थपे ।
विधालयका प्रधानाध्यापक गोपीककृष्ण भट्टराईले विधार्थीको चाप बढ्नु राम्रो भएपनि पूर्वाधार सिमित भएकाले प्रवेश परीक्षा लिनुपरेको बताएका छन् । बैले शिक्षामा सुधार भएको भनेपछि आकर्षण बढेको छ, भट्टराईले भने – अर्को कम्प्यूटर कक्षा पनि भएकाले विधार्थी भर्ना हुन आएका छन् । जनशक्ति र पूर्वाधार सिमित छ, विधार्थीको संख्या बढिरहेको छ , उनले भने । कक्षा पिच्छे ए देखि इ सम्म सेक्सन छुट्टाएर पठन पाठन गर्ने गरिएको बुझिएको छ ।

प्रकाशित मिति : बैशाख १२, २०७६ बिहीबार  ९ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]