जेष्ठ ४, २०८१ शुक्रबार

थप १८०१ जनामा कोरोना पुष्टि, २३ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १२२३ र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि भएको हो । 

आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ६७ हजार १०९ र एन्टिजेनबाट ४८ हजार ९४० जना पुगेको छ । 

यस्तै, आज थप १६६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३२ हजार ७४ जना पुगेको छ । निको हुनेको दर ९४.७ प्रतिशत छ । 

आज संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ९ हजार ५५० पुगेको छ ।

प्रकाशित मिति : श्रावण ३, २०७८ आईतबार  ६ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]