विर्तामोडमा नाबालिकालाई वेस्यावृतिमा लगाउने कारागार चलान

विर्तामोड । बिर्तामोडका होटलमा बालबालिकालाई यौनधन्दामा लगाउने तिन जना व्यक्तिलाई कारागार चलान गरिएको छ । प्रहरीले अनुगमनका क्रममा बालबालिकालाई यौनधन्दामा लगाएको भेटेपछि उनीहरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
प्रहरीले बिर्तामोड – ५ कृष्ण हल छेउ स्थित रहेको प्रतिक्षा होटल एण्ड लज, हिकोला रोड स्थित रहेको मनशान्त होटल र बिर्तामोड –१ अदुवा खोला छेउ रहेको मनिका होटल एण्ड लजमा अनुगमन गर्दा ५ जना नावालिकालाई बेस्याबृत्तिमा लगाएको आरोमा पक्राउ गरेको थियो ।
नावालिकाहरुलाई उद्धार गरी ३ जना होटल संचालकलाई पक्राउ गरी वालवालिका सम्वन्धी ऐन, २०७५ वमोजिम वालवालिका विरुद्धको कसूर वमोजिम मुद्धा दर्ता गरी अनुसन्धान सम्पन्न गरी मुद्धा पेश हुँदा पुर्पक्षको लागि कारागार चलान गरिएको प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । सो मुद्दामा १५ वर्ष सम्म कैदको सजाय हुने व्यवस्था रहेको उनको भनाई छ ।
पुर्पक्षको लागि कारागारमा चलान हुनेहरुमा धरान– १६ जोरसखुवा घर भई हाल जिल्ला झापा विर्तामोड न.पा. वडा नं. ५ स्थीत रेहेको प्रतिक्षा होटल एण्ड लजमा कार्यरत स्टाफ वर्ष २० को अभिषेक तामाङ, बिर्तामोड –५ हिकोला रोड स्थित रहेको मनशान्त होटलको संचालक प्रतिबादी किरण तामाङ भन्ने श्याम कुमार तामाङ , बिर्तामोड –१ मा वस्ने वर्ष २१ को नबिन बिश्वकर्मा भन्ने रत्न बहादुर बिश्वकर्मा रहेका छन् ।
बुद्धशान्ति –२ जयपुर बस्ने वर्ष २५ को बिमल गहतराज र सोहि ठाउँ बस्ने वर्ष ३५ को निश्चल विश्वकर्मा भन्ने राम पोर्तेल फरार रहेका छन् ।