सहिद डिल्ली गौतमको स्मृतिमा वृक्षरोपण
बिर्तामोड । सहिद डिल्ली गौतमको २८ औं स्मृति दिवसमा वृक्षरोपण गरिएको छ । आज विहान स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमपछि वृक्षरोपण गरिएको सहिद पत्नी देवका गौतमले जानकारी दिइन् ।

कनकाई नगरपालिका स्थित जामुनखाडी क्षेत्रमा वृक्षरोपण गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल कनकाई नगर कमिटीको अगुवाईमा आयोजित सहिद डिल्ली गौतम स्मृति दिवसको अवसर पारेर मदन भण्डारी स्पोर्ट्स एकेडेमी कनकाई नगर कमिटी र अनेमसंघ कनकाई नगर कमिटी समेतको संयोजनमा वृक्षरोपण गरिएको हो ।
झापाको दमक र मेचीनगर नगर कमिटीले समेत बृक्षरोपण कार्यक्रम सम्पन्न गरेका छन् । वृक्षरोपणको केन्द्रीय अभियान अन्तर्गत झापामा ५० हजार बिरुवा रोप्ने अभियान जारी रहेको राष्ट्रिय युवा संघका नेता पर्वतराज भण्डारीले जानकारी दिए ।