चैत्र १६, २०८० शुक्रबार

विकासको आँखाले हेर्ने स्थानीय सरकार मात्र सफल हुनेछन् : खरेल

बिर्तामोड । पूर्व कानुन मन्त्री अग्निप्रसाद खरेलले पार्टीको आँखाले नभई विकासको आँखाले हेर्ने स्थानीय सरकार मात्र सफल हुने बताउनु भएको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ३ खुदुनावारीमा स्थापना हुन लागेको अस्थाई प्रहरी चौकीको लागि आवश्यक पूर्वाधारको निरीक्षणपछि आज आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा उल्लेख गर्नु भएको हो ।

स्थानीयस्तरमा रहेका नागरिकहरुलाई सुरक्षाको प्रत्याभुति गराउँदै समाजमा हुने विभिन्न किसिमका आपराधिक क्रियाक्लापलाई नियन्त्रण गर्न आवश्यक चौकी स्थापनाको विषय बारे आफूले जानकारी पाए लगत्तै सम्बन्धित निकायमा सहजीकरण र समन्वय गरेको उहाँले बताउनुभयो ।

कोभिडको कारण चौकी स्थापना हुने कार्य हाललाई केही पछाडि सरे पनि स्थापना हुनेमा सबैलाई ढुक्क हुन पूर्व मन्त्री खरेलले विश्वस्त पार्नुभयो । “सुरुमै स्थायी बनाउन सकिँदैन, अस्थाई प्रहरी चौकीबाट विकास गरी स्थायी बनाउनुपर्दछ”, उहाँले भन्नुभयो ।

अर्जुनधारा नगर प्रमुख हरिकुमार रानाले वर्तमान अवस्थामा नगरको समसामयिक घटना बारे जानकारी गराएको कार्यक्रममा संविधानसभा सदस्य प्रेमबहादुर गिरी, उपप्रमुख कमला खतिवडा आचार्य, वडाध्यक्षद्वय रघुनाथ खनाल र जीवकुमार भण्डारी, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष दिपक दुलाल लगायतले खुदुनावारी क्षेत्रमा प्रहरी चौकीको आवश्यकता बारे धारणा राख्नु भएको थियो ।

प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार  ६ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]