बैशाख १२, २०८१ बुधबार

समायोजनका नाममा जथाभावी क्रियाशील सदस्यता नदिन आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका संस्थापन इतर समूहका नेताहरुले पार्टी समायोजनका नाममा जथाभावी क्रियाशील सदस्यता नदिन आग्रह गरेका छन् ।

काँग्रेस केन्द्रीय सदस्यहरु डा। चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त विज्ञप्ति जारी गरी जथाभावी क्रियाशील सदस्यता वितरण गर्दा पार्टीको मर्मतमाथि प्रहार भइरहेको उल्लेख गरेका छन् ।

विधि र प्रक्रिया नाघेर जथाभावी वितरण गरिएका क्रियाशील सदस्यताले काँग्रेसलाई बलियो नबनाउने भन्दै उनीहरुले यसलाई तुरुन्त रोक्न नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रकाशित मिति : श्रावण ५, २०७८ मंगलबार  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]