कैदमुक्त गर्न व्यवसायीको सहयोग
विर्तामोड । कैद भुक्तान गरेर पनि जरिवाना बुझाउन नसक्ने दुई महिलालाई बिर्तामोडका दुई व्यवसायीले कैदमुक्त हुन आर्थिक सहयोग गरेका छन् ।

विर्तामोड उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी र अलैची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले कारगारमा कैद भुक्तान गरिरहेका महिलालाई मुक्त हुन आर्थिक सहयोग गरेका हुन् । शिवाकोटी र भट्टराईले आफ्नो छोरीको जन्मदिनमा हुने खर्च कटाएर सामाजिक सेवामा सो कार्य गरेको बताएका छन् ।
शिवाकोटी र भट्टराईले २०/२० हजार र एविसीको कञ्चना सिटौलाले १८ हजार सहयोग गरेका छन् । मानव बेचविखन मुद्दामा जेल सजाय विताइरहेकी बुटवलकी माया विक र अर्जुनधाराकी लक्ष्मी विकलाई जरिवाना वापतको रकम सहयोग गरेको भट्टराईले जानकारी दिए । मायाले ६ वर्ष र लक्ष्मीले १२ वर्ष कैद सजाय पुरा गरेका छन् ।
उनीहरुले बुझाउनु पर्ने जरिवाना वापतको रमकमा सहयोग गरेर कैदमुक्त गरिएको महिला चौकीदार भैरवा श्रेष्ठले जानकारी दिइन् ।