बैशाख ७, २०८१ शुक्रबार

बिर्तामोडमा फेरि बढ्यो जोखिम, १५ दिन शिल नगरे संक्रमण कम नहुने

बिर्तामोड । झापाको बिर्तामोडमा फेरि कोरोनाको जोखिम बढेको छ । हरेक दिन बढ्दै गएको संक्रमण दरले बिर्तामोड क्षेत्र जोखिममा परेको छ । जोखिम बढेकै कारण बुद्धशान्ति गाउँपालिकाले बुधबारबाट शिल गरिसकेको छ ।

आज मात्रै बिर्तामोडमा ५२ जनामा कोरोना पुष्टि भयो । बिर्तामोड नगरपालिकाले सार्वजनिक गरेको तथ्याङक अनुसार महिला र पुरुष २६/२६ जना रहेका छन् । बिर्तामोडमा मंगलवार ६१, सोमवार ३६ जना, आइतवार ३४ मा कोरोना पुष्टि भएको थियो । असार २८ मा ६१ जनामा कोरोना पुष्टि भएको थियो । असार २६ गते बिर्तामोडमा ११ जनामा पुष्टि भएको थियो । १० दिनको अन्तरमा कोरोना संक्रमण ह्वात्तै बढेर गएको छ । १० दिन अघि ११ जनामा संक्रमण देखिएको थियो भने साउन ६ गते आइपुग्दा हरेक दिन ५० जनाभन्दा बढीमा कोरोना पुष्टि भएको पाइन्छ ।

नगरभित्र अहिलेसम्म ५१ जनाले कोरोना कै कारण ज्यान गुमाएका छन् । ११ जना अस्पतालमा उपचाररत छन् भने ४७० जना संक्रमित होम आइसोलेशनमा रहेको कोभिड फोकल पर्सन ओम खड्काले जानकारी दिए । स्वास्थ्य मापदण्ड पालना नगर्दा बिर्तामोडमा संक्रमण बढ्दै गएको बताइएको छ । बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव अधिकृत दिपक सापकोटाका अनुसार बिर्तामोडमा बढ्दै गएको संक्रमणले जोखिम बढाएको छ । सबैले सतर्कता नअपनाएका कारण संक्रमण फैलिरहेको सापकोटाको भनाई छ । उनले भने, निषेधाज्ञा खुकुलो भएकाले कसैले पनि कोरोना संक्रमण बारे मतलव गरेका छैनन् । बिर्तामोडमा कोरोना संक्रमण कम गर्न १५ दिन शिल गर्नुको विकल्प नहरेको बताएका छन् ।

जिल्लास्थित डीसीसीएमसीले निषेधाज्ञा खुकुलो बनाएका कारण बिर्तामोड क्षेत्र पूर्ण रुपमा खुल्ला गरिएको छ । मानवीय चहलपहल समेत बाक्लो भइहरेको छ ।

प्रकाशित मिति : श्रावण ६, २०७८ बुधबार  ८ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]