बैशाख ७, २०८१ शुक्रबार

झापाको शनिश्चरे बजार क्षेत्र एक सातालाई बन्द

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजार एक साताका लागि बन्द गरिएको छ । वडा नं. ८ को कार्यालयले कोरोना संक्रमण तीब्र रुपमा फैलिएको भन्दै बन्द गरेको जनाएको छ ।

साउन ८ गते राती १२ बजेदेखि १५ गतेसम्मका लागि बन्द गरिएको वडाध्यक्ष गोपिचन्द्र गौतमले जानकारी दिए । वडा कार्यालयले सूचना जारी गर्दै शनिश्चरे बजार र आसपासका क्षेत्र पूर्ण रुपमा बन्द गरिने जनाएको छ । बजार व्यवस्थापन समिति, च्याम्वर्स अफ कमर्श, उधोग वाणिज्य संघ, टोल विकास समिति समेतको छलफल पछि नागरिकको जीवन रक्षाका लागि बजार क्षेत्र बन्द गर्ने निर्णय भएको वडाध्यक्ष गौतमले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण ८, २०७८ शुक्रबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]