बैशाख १३, २०८१ बिहीबार

हात्तीको आक्रमणबाट ज्यान गुमाएकी सीताको परिवारलाई सहाराद्वारा राहत

भद्रपुर । गत चैतमा जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएकी भद्रपुर २ निवासी सीतादेवी दाहालको परिवारलाई विर्तामोडस्थित सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाले राहत रकम प्रदान गरेको छ ।

सो संस्थाकी सदस्य सीताकी आमा तिलरुपा दाहाललाई शनिबार घरमै पुगेर राहत रकम प्रदान गरिएको हो । घरकै परिसरमा आयोजित संक्षिप्त कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले ८ लाख ६८ हजार रुपैयाँको चेक आमा तिलरुपालाई हस्तान्तरण गरे । भद्रपुर–२ गौरीशंकरस्थित पूर्णिमा सहारा महिला समूह नं.३४ की सदस्य स्व. सीतादेवीले संस्थाबाट लिएको ऋणमा त्यति नै रकम थपेर ८ लाख ६८ हजार रुपैयाँको चेक आमा तिलरुपालाई हस्तान्तरण गरिएको ज्ञानेचोक सेवाकेन्द्रका कर्मचारी मुकुन्द उप्रेतीले जानकारी दिए ।
दुर्घटनामा ज्यान गुमाउने सदस्यले लिएको ऋण मिनाहासहित राहतरुवरुप त्यति नै रकम थपेर परिवारलाई उपलब्ध गराउने संस्थाको नियमानुसार आमा तिलरुपालाई उक्त रकमबराबरको चेक प्रदान गरिएको पनि उप्रेतीले जानकारी दिए ।

त्यसैगरी सहारा साकोसले भद्रपुरकै लगनशील सहारा महिला समूह नं. ६९ की सदस्य भगवती थापा आलेका श्रीमान् विमलसिंह आले मगरको निधन भएकोले भगवतीले लिएको २ लाख रुपैयाँ ऋण मिनाहा गरिदिएको छ भने भद्रपुर–४ मा रहेको लक्ष्मीनगर सहारा महिला समूह नं. १०८ की सदस्य सीतादेवी दाहालका श्रीमान् कमलबहादुर बस्नेतको पनि निधन भएकोले सीतादेवीले लिएको १ लाख रुपैयाँ पनि मिनाहा गरिदिएको उप्रेतीले बताए ।

नगरप्रमुख श्रेष्ठले सहारा नेपाल साकोस् वित्तीय कारोबार गर्ने मात्र नभई ग्रामीण भेगका विपन्न परिवारको सहारा पनि बन्दै गएको भन्दै सहाराको समाजोपयोगी सेवा कार्यको प्रशंसा गरे ।

प्रकाशित मिति : श्रावण १०, २०७८ आईतबार  ७ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]