जेष्ठ १, २०८१ मंगलबार

यस्ताे छ, शनिवारसम्मकाे माैसम

मौसम विश्लेषण (Meteorological Analysis):

अब मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough)  नेपालको तराई भू-भाग भन्दा अझ दक्षिण तिर सर्ने देखिन्छ जसको कारणले मनसुनी गतिविधि कम सक्रिय हुदै जाने देखिन्छ। 

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशभर सामान्य बदली भई देशका पुर्व र पश्चिमका केहि स्थानहरुमा वर्षा भईरहेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

 श्रावण ९ गते (बिहीबार)

दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ।  देशको पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

श्रावण १० गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम भेगका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ | देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारीको सम्भावना छ ।

श्रावण ११ गते (शनिबार)

दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। 

 राती: देशभर सामान्य बदली रहि देशका केही स्थानहरुमा वर्षा हुनेछ | 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशका पश्चिम तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  त्यसैले ती क्षेत्रका खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले नदि वरपरका क्षेत्र, नहर तीर सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।

www.mfd.gov.np

प्रकाशित मिति : श्रावण ९, २०७६ बिहीबार  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]