बैशाख १७, २०८१ सोमबार

को हुन् विर्तामाेडका व्यापारी अपहरणको मुख्य योजनाकार मेराज खान ?

बिर्तामोड । बिर्तामोडमा व्यापारी अपहरण गरेर ४० लाख फिरौति माग्ने अपराधिक गिरोहमध्येका मेराज खान मुख्य योजनाकार रहेको पुष्टि भएको छ । उनले सुजन शंकरलाई पनि योजनाकारको पृष्ठभूमिमा उभ्याएको अनुसन्धानबाट खुलेको छ ।

विपन्न परिवारिक पृष्ठभूमिमा हुर्किएका खानको अपराधिक समाचार सार्वजनिक भएपछि उनका जानकार अचम्ममा परेका छन् । सामान्य परिवारमा हुर्किएका खानले गरेको अपराध र उनले पछिल्लो समय आर्जन गरेको सम्पत्तिलाई लिएर धेरैले खान संगठित रुपमा अपराधिक गतिविधि गरिरहेको अड्कल काटेका छन् ।

केहि वर्षअघिसम्म पाँच हजार भन्दा कम तलवमा श्रम गरेका खान र शंकरको भेट अपराधिक कामबाटै भएको अनुसन्धान अधिकारीको ठम्याई छ । उनीहरुले विगत केहि वर्षदेखि बिर्तामोडलाई केन्द्र बनाएर संगठित अपराध गर्दै आएको प्रहरीको भनाई छ ।

बिर्तामोडस्थित भद्रपुर रोड विजुली अफिस पूर्व खानले मेराज मोटर साइकल ग्यारेज सञ्चालन गर्दै आएका छन् । स्रोतका अनुसार मोटरसाइकल ग्यारेजमा रिकण्डिशनको व्यापार समेत गर्दै आएका छन् । ग्यारेजमा भाईलाई राखेर बाहिर यस्तै अपराधिक गतिविधि गर्दै आएको बुझिएको छ ।


खानले पछिल्लो समय गरेको आर्थिक प्रगतिले जो कोहि चकित पर्ने गरेका छन् । सामान्य कपडा लगाएर हिड्ने सामान्य जीवनशैलीमा बाँचेका खानले ३ वर्षभित्र अपराधिक काम गरेरै करोडौंको सम्पत्ति जोडेको प्रहरीले जानकारी दिएका छन् । घटनाका मुख्य योजनाकार खानको देखिने व्यापार ग्यारेज मात्र हो । ग्यारेजले खानको ठुलो परिवार धान्न पनि मुस्किल हुने जानकार बताउँछन् ।


खानले चोरीका मोटरसाइकल समेत विक्रि गर्ने समेत स्रोतको दावी छ । व्यवसायीक रुपमा लागुऔधषको व्यापार गर्ने खानले झापा जिल्लामै ठुलो परिमाणमा कारोवार गर्ने गरेको सुरक्षा अधिकारीको भनाई छ । उनको पहिलो अपराधिक काम नै लागुऔधष भएको बताइएको छ ।

विभिन्न ठाउँमा युवा परिचालन गरेर लागुऔषध कारोवार गर्दै आएको सूचना लिक भएको छ । केहि वर्षयता संगठित रुपमा अपराधिक गतिविधि गर्दै आएका खान यसअघिका अपहरणका घटनामा समेत संलग्न रहेको सुरक्षा अधिकारीहरुले बुझेका छन् । विभिन्न अपराधिक घटनामा संलग्न रहेपनि प्रहरीसम्म नपुगेको बताइएको छ ।


स्रोतका अनुसार खान राजनीतिक संरक्षणका कारण अपराधिक काम गर्दै आएको भनिए पनि पुष्टि भएको छैन । बिर्तामोडमा ठुला दुई वटा घर, जग्गा जोडेका खानले अहिले ५० लाख बराबरको गाडि समेत खरिद गरेका छन् । बिर्तामोडमा अपराधिक काम गर्दै आएका उनले मधेशी समुदायलाई धेरै टार्गेट गरेर काम गरिरहेको अनुसन्धानबाट खुलेको छ । मिटर व्याजमा पैसा लगानी गर्ने, हुण्डी, अवैध रुपमा मोटरसाइकल विक्रि गर्ने, लागुऔषध व्यापार गर्ने, अपहरण गर्ने उनको मुख्य कारोवार रहेको यो घटनाले पुष्टि गरेको छ ।


उनको समूहले अपहरण गरेको शाह थरका व्यापारी सामान्य व्यापारी हुन् । शाहसँग खानले घटना हुनुअघि १ लाख भन्दा बढि रकम लिएको समेत जानकारी प्राप्त भएको छ । साउन ५ गते फिरौती दिने सम्झौता पछि छुटेका पीडितले बिर्तामोड प्रहरीलाई जानकारी दिएको २ दिनमा अपराधिक गिरोह नै पक्राउ प¥यो ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी मोहन थापाको कमाण्डमा गिरोह नै दुई दिनमा पक्राउ परेको हो ।

प्रकाशित मिति : श्रावण ९, २०७६ बिहीबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]