बैशाख १४, २०८१ शुक्रबार

भद्रपुरले सच्यायो सूचना, मेचीमा खोप केन्द्र यथावत

बिर्तामोड । चौतर्फी विरोधपछि झापाको भद्रपुर नगरपालिकाले खोप केन्द्र हटाएको विषयलाई लिएर प्रकाशित गरेको सूचना सच्याएको छ । नगरपालिकाले बुधबार राती सूचना प्रकाशन गर्दै भद्रपुरस्थित मेची कोभिड हस्पिटलको खोप केन्द्र हटाइएको जानकारी गराएको थियो ।

पर्याप्त खोप केन्द्र स्थापना गरेर नागरिकलाई सहजै खोप उपलब्ध गराउनुको सट्टा नगरपालिकाले मेची कोभिड हस्पिटलको खोप केन्द्र हटाएको भन्दै विरोध शुरु भएको थियो । खोप केन्द्र हटाएको विरोधमा नगरपालिका घेरा उगर्ने सुईको पाएपछि सूचना सच्याउदै खोप केन्द्र यथावत रहेको सूचना जारी गरिएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय झापालाई संम्बोधन गर्दै नगरपालिकाले मेची कोभिड हस्पिटलको खोप केन्द्र हटाइएको जनाएको थियो । बुधबार खोप कार्यक्रम सञ्चालनमा लक्षित उमेर बाहेकका नागरिकलाई समेत खोप लगाइएको विषयले विवाद भएको थियो । मेयर जीवन कुमार श्रेष्ठले समेत लक्षित उमेर बाहेककालाई खोप लगाएको आरोप छ । सरोकारवालाले नगरपालिकाको सो निर्णयको विरोध जनाउँदै मेचीबाट खोप केन्द्र नहटाउन सूझाव दिएका थिए ।

प्रकाशित मिति : श्रावण १४, २०७८ बिहीबार  १० : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]