आश्विन ६, २०७८ बुधबार

शनिवारदेखि झापा जिल्ला नै सिल गर्ने

बिर्तामोड । दश स्थानीय सिल गरिएको झापा आगामी शनिवारदेखि पूर्ण रुपमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा चलिरहेको डीसीसीएमसी र पालिका प्रमुखहरुको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने सहमति भएको झापामा प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । उनका अनुसार कोरोनाको पहिलो चरण कै जस्तो कडाईका साथ सिल गरिनेछ ।

हाल झापाको मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोड सिल गरिएको छ । बैठक चलिहरेकाले थप अपडेट केहिबेरमा जानकारी गराइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट