बैशाख १२, २०८१ बुधबार

तरकारी परीक्षणको माग राख्दै नेविसंघको प्रदर्शन

बिर्तामोड । नेपाल विद्यार्थी संघ झापाले भारतबाट आयात हुने तरकारी परीक्षण गरेर मात्र भित्राउन माग राख्दै बिहीबार काँकरभिट्टा नाकामा विरोध प्रर्दशन गरेको छ ।


झापाका विभिन्न कलेजमा रहेका संघका सदस्यहरुको उपस्थितिमा भएको विरोध कार्यक्रममा विषाधीयुक्त तरकारी परीक्षण गर्नुपर्ने माग राख्दै करिब १ घण्टा नाकमा विरोध प्रर्दशन गरिएको थियो ।

विरोध कार्यक्रममा बोल्दै नेवि संघ झापाका अध्यक्ष राजेन्द्र उप्रेतीले भारतबाट ल्याइने विषादीयुक्त तरकारीले सम्पूर्ण नेपालीहरुको स्वास्थ्यमा गम्भीर असर परेकोले नेपाल सरकारले यस तर्फ चाँडो भन्दा चाँडो ध्यान दिन जरुरी रहेको बताए ।

उनले पछिल्लो समय नेपाली जनताहरुमा लाग्ने दीर्घकालिन रोगहरुको मुख्य कारण भारतबाट आयातित विषादीयुक्त तरकारी नै भएकोले यसलाई परीक्षण गरेर मात्र खान योग्य तरकारी नेपाल भित्र्याउनु पर्ने बताएका छन् ।


नेपाल विद्यार्थी संघ झापाका प्रवक्ता संजय निरौलाले संचालन गरेको कार्यक्रममा जिल्ला सदस्य, कलेज सभापति लगायत अन्य प्रतिनिधीहरु गरि करिब ६ सय विद्यार्थीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : श्रावण ९, २०७६ बिहीबार  ४ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]