जेष्ठ २, २०८१ बुधबार

नेकपा एमालेको नाम दुुरुपयोग नगर्नु : तामाङ

काठमाडौं -माधव नेपाल समुहले नेकपा एमालेको नाम दुुरुपयोग गरेको भन्दै एमाले केन्द्रीय कार्यलयले आपत्ती जनाएको छ ।
नेपाल समुहले आज केन्द्रीय कमिटीको बैठक भन्दै आफू पक्षीय केन्द्रीय सदस्यलाई काठमाडौं बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यलय सचिब शेरबहादुर तामाङले उक विज्ञप्ती जारी गरेर आज एमालेको कुनै बैठक नभएको स्पष्ट पार्नुभएको छ । ‘नेकपा एमालेको नामबाट श्रावण २१ गते केन्द्रीय कमिटीको बैठक भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यलयको गम्भिर ध्यानआकर्षण भएको छ’ तामाङले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘श्रावण २१ गते पार्टीको कुनै बैठक आयोजना गरिएको छैन ।’
एमालेको नाममा पटक पटक अनधिकृत गतिविधी गर्ने र त्यस्तो गतिविधी उपर संविधान,प्रचलित कानुन र पार्टीको विधान समेत आकर्षित हुने भएकोले त्यस्ता गतिविधीमा नलाग्न सबैलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : श्रावण २१, २०७८ बिहीबार  ७ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]