जेष्ठ ४, २०८२ शनिबार

भूमि आयोग खारेजीविरुद्ध ज्ञवाली पुगे सर्वोच्च

काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।  आयोग खारेज गर्ने सरकारको निर्णय संविधानले व्यवस्था गरेको नागरिकको मौलिक हकविरुद्ध रहेको भन्दै ज्ञवालीले उत्प्रेषणको आदेशबाट निर्णय बदर गर्न माग गर्दै आइतबार रिट दायर गर्नुभएको हो । 

आयोग विघटनका सम्बन्धमा आइतबार नै थप दुई रिट दायर भएका छन् । शुक्रबार पनि आयोग खारेजीविरुद्ध दुई वटा रिट दायर भएका थिए।अहिलेसम्म आयोग खरेजसम्बन्धि पाँच वटा रिट दायर भएका छन् । सर्वोच्वले हालसम्म दायर रिटहरु एउटै ठाउमा राखेर सुनुवाइ गर्न भोलिको लागि पेशी तोकेको छ  । 

प्रकाशित मिति : श्रावण २४, २०७८ आईतबार  ६ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]