बिर्तामोडमा एकैदिन १२७ जनामा कोरोना
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा एकैदिन १२७ जनामा कोरोना पुष्टि भएको छ । एक जनाको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ । आज पुष्टि हुनेहरुमा ६२ जना महिला र ६५ जना पुरुष रहेका छन् ।
बिर्तामोड नगरपालिकामा ६१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने होम आइसोलेशनमा ८५३ जना रहेका छन् । ७ जना अस्पतालमा उपचाररत छन् ।