जेष्ठ १, २०८२ बुधबार

आज ४.१५ बजे मौद्रिक नीति सार्वजनिक गरिँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज ४:१५ बजे सार्वजनिक गर्ने भएको छ ।

राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले नीति पारित गरेको हो । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिलाई धेरैले रुचाएका थिए भने कोरोना प्रभावित उद्योग, व्यवसायको प्रवर्धनका लागि स्पष्ट मार्गदर्शन गरेको अर्थका रुपमा लिइएको थियो ।

सोही पेरिफेरीमा रहेर नीति तय भएको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका गभर्नरसहितको एक समितिको बैठकले बिहीबार नै नीति तयार पारेको थियो । आजको सञ्चालक समितिको बैठकले त्यसलाई अन्तिम रुप दिएको हो ।

गत जेठ १५ गते मुलुकको आर्थिक नीति सार्वजनिक भएको थियो । मौद्रिक नीति हरेक वर्ष साउनको पहिलो साता सार्वजनिक हुँदै आए पनि यसपटक सरकार परिवर्तनलगायतका कारणले केही समय ढिला हुन पुगेको हो । नीतिले कोरोना प्रभावित व्यवसाय तथा बैंक, वित्तीय क्षेत्रका लागि केही खास व्यवस्था गरेको बताइएको छ ।

प्रकाशित मिति : श्रावण २९, २०७८ शुक्रबार  २ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]