जेष्ठ ३, २०८१ बिहीबार

एमाले एकता सम्भावना नरहेको भन्दै नियुक्तिमा हतार नगर्न नेपालको आग्रह

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले सत्ता गठबन्धनलाई राजनीतिक नियुक्तिहरू तत्काल नगर्न आग्रह गरेको छ । अघिल्लो सरकारका पालामा भएका नियुक्ति खारेज गर्न सहमति दिए पनि नयाँ नियुक्तिमा केही दिन पर्खिन नेपाल पक्षले आग्रह गरेको सत्तारुढ कार्यदलका एक सदस्यले बताए ।

यसबीचमा नेपालनिकट केही नेता र सांसदहरुले कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई भेटेर आफूहरू एमाले एकताको अन्तिम प्रयासमा रहे पनि त्यो सफल हुने सम्भावना नरहेको भन्दै नियुक्तिमा हतार नगर्न भनेका हुन् ।

शनिबार शंखमुलस्थित ए वान पार्टी प्यालेसमा भएको कार्यक्रममा वरिष्ठ नेता नेपालले ‘यत्रो दुखः गरेर ल्याएको सरकारले राजनीतिक नियुक्तिहरू गर्दा आफूहरूले पनि आफ्ना कार्यकर्तालाई न्याय गर्नुपर्ने’ बताएका थिए ।

ओली सरकारका पालामा नियुक्त भएका कम्तिमा १० जना राजदूत पनि फिर्ता बोलाउने तयारी सरकारको छ । ओलीको पालामा नियुक्ति सिफारिस भएर पनि नियुक्त हुन बाँकी रहेका १२ जना राजदूतमा समेत अब गठबन्धनले भागबण्डा गर्ने भएका छन् ।

प्रकाशित मिति : श्रावण ३१, २०७८ आईतबार  १२ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]