बैशाख १४, २०८१ शुक्रबार

पूर्वाञ्चल क्यान्सर अस्पतालले १० हजार महिलाको निःशुल्क पाठेघरको जाँच गर्ने

बिर्तामोड । पूर्वाञ्चल क्यान्सर अस्पतालले १० हजार महिलाको निःशुल्क पाठेघर सम्बन्धी रोगको परीक्षण गर्ने भएको छ । आगामी ६ भाद्रदेखि ११ भाद्रसम्म सम्पूर्ण सुरक्षाका मापदण्ड प्रयोग गरी महिलामा हुने क्यान्सर रोगको विशेष जाँच गर्ने तयारी गरेको हो ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक डा। वीरेन्द्र यादवले महिलाहरुले बढी रोग लुकाएर राख्ने गरेका कारण उनीहरुका लागि निःशुल्क ओपिडी सेवा दिन लागिएको बताए । त्यसैगरी, अस्पतालका प्रमुख कार्यकारी अधिकृत निराजन प्रसाईले ओपिडीमा सतप्रतिशत छुटका साथै अन्य जाँचहरुमा २५ प्रतिशत छुट दिने तयारी गरिएको जानकारी दिए । उनले एक हप्तामा १० हजार महिलाको पाठेघरको परीक्षण गर्ने अस्पतालको लक्ष्य रहेको जानकारी दिए ।

नेपालमा नै सुविधासम्पन्न मानिएको पूर्वाञ्चल क्यान्सर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्नका लागि व्यवस्थापनले भर्खरै नेपालका चर्चित सर्जिकल अंकोलोजोष्टि डा। मुक्ति देवकोटा र रिकन्ट्रक्टीभ क्यान्सर सर्जन डा। बजरंगकुमार शाहलाई भित्रियाइएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए । झापा क्षेत्रका गरिव तथा विपन्न वर्गलाई लक्षित गर्दै बीएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालले ३ सय घरधुरीलाई निःशुल्क स्वास्थ्य बिमा गरिने पनि उल्लेख गरिएको छ।

प्रकाशित मिति : श्रावण ३२, २०७८ सोमबार  ७ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]