बैशाख १२, २०८१ बुधबार

अलविदा डाक्टर साव

गत साता झापाको हल्दिवारी एक जना डाक्टरको निधनले स्तब्ध भयो । निधन हुने डाक्टर थिए, षडानन्द नेपाल । अर्थात, सबैले बोलाउने नाम थियो, नेपाल डाक्टर । कोरोना महामारीको समयमा विशेष गरि स्वास्थ्यकर्मीलाई घर बस्ने छुट थिएन र छैन । महामारीको बिचमा उहाँले सयौंको जीवन बचाउनु भयो । सयौंको घाउमा मलम लगाउनु भयो । तर, उहाँ आफैले आफैलाई बचाउन सक्नुभएन । सबैको सेवामा जीवन विताइरहेनु भएका नेपाल डाक्टर अन्ततः कोरोना संक्रमतिपछि सबैलाई छोडेर जानुभयो ।

स्व. वेदनिधि नेपाल र शारदा नेपालको जेष्ठ सुपुत्रको रुपमा वि.स. २०३४।०३।०३ मा जन्मनु भएका षडानन्द नेपालको गोल्धापमा नेपाल क्लिनिक सञ्चालन गर्दै आउनु भएको थियो । हल्दिबारी १ गोलधापलाई कर्मथलो बनाउनु भएका नेपाल डाक्टर सो क्षेत्रका आसमासमा लोकप्रिय पनि हुनुहन्थ्यो । मिजासिलो र भद्र स्वभावका डाक्टरको निधनले ठाउँ नै शोकमग्न छ । नेपाल साविक गोलधाप गाविसका प्रथम डाक्टर पनि हो । २०५५ साल देखि औषधि व्यवसाय गर्दै आउनु भएका उहाँ गोलधाप, चकचकी, गरामनी, राजगढ, जलथल र बाह्रदशी क्षेत्रका नागरिकको उपचार सेवामा क्रियाशिल हुनुहुन्थ्यो । सबैका विश्वास पात्र षडानन्द नेपाल ‘नेपाल डाक्टर’ नाम ले परिचित हुनुहुन्थ्यो ।
वि. स. २०५८ साल फागुमामा बिर्तामोड– १० बस्ने कृष्ण प्रसाद घिमिरे र राधा देवी घिमिरेको जेष्ठ सुपुत्री मैया देवी घिमिरेसँग विवाह बन्धनमा बाधिनु भयो । आमा शारदा नेपाल, श्रीमती मैया देवी नेपाल , १ छोरी ममता नेपाल, १ बहिनी, २ जना भाईका अभिभावक षडानन्द अब सबैलाई छोडेर विदा भइसक्नु भएको छ ।

कुशल स्वास्थ्यकर्मीको पहिचान बनाउनु भएका नेपाल डाक्टर दिनरात नभनी नागरिकको सेवामा खटिदै आउनु भएको थियो । मिजासिलो, समाजसेवी, मेहनती, निडर स्वाभाव थियो । कर्मथलो हल्दीबारी १ नै बनाउनु भएका नेपाल डाक्टर २०७० साल देखि बिर्तामोड ३ मा बसोबास गर्दै आउनु भएको थियो ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित सयांैलाई निको पार्न सफल नेपाल डाक्टर आफै उक्त रोगबाट संक्रमित हुनुभुयो । बिर्ता सिटीमा उपचारत नेपाल डाक्टर मिति साउन २९ गते बिहान सबैलाई छोडेर भगवानको प्यारो हुनुभयो । उहाँको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति भएको छ । डाक्टर नेपालको योगदान सदा स्मरणीय हुनेछ । अलविदा ‘डाक्टर साव ।’

प्रकाशित मिति : भाद्र ६, २०७८ आईतबार  ९ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]