बैशाख १७, २०८१ सोमबार

कनकाईमा छोरी बोकेर आमाबाबु झुण्डिएको अवस्थामा फेला

झापा– झापाको कनकाई नगरपालिका–१ सिर्जना टोलमा एकैपरिवारका तीन जनाले आत्महत्या गरेका छन् । झुण्डिएको अवस्थामा आमाबाबु र नावालक छोरीको शव भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीका अनुसार आमाले छोरी बोकेकी छन् ।

३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना विक र आठ महिनाकी रुविना विकको शव भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष आचार्यले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : भाद्र ७, २०७८ सोमबार  १० : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]