बैशाख १६, २०८१ आईतबार

नाबालकसहित मृत फेला परेका तीन जनालाई मेची अस्पताल पठाइयो

बिर्तामोड । नाबालकसहित मृत फेला परेकाहरुको शव मेची अस्पताल पठाइएको छ । कनकाई नगरपालिका–१ दुर्गापुरमा आज विहान एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका थिए । पोष्टमार्टमका लागि मेची अस्पताल पठाइएको झापामा प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना विक र आठ महिनाको बच्चा झुण्डिएको अवस्थामा फेला परेका थिए । माइती पक्ष आएपछि मात्रै ढोका खोलिएको प्रहरी प्रमुख भट्टराईको भनाई छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा नाबालकको हत्या गरेर श्रीमान–श्रीमतिले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान हुने प्रहरीको भनाई छ ।


तीन जनामध्ये श्रीमानलाई केहि समययता कोरोना भएको थियो । उनी घरमै आराम गर्दै बसेको स्थानीयको भनाई छ । अस्पताल पठाउन प्रहरीले नेपाली सेनाको समेत सहयोग लिएको थियो ।

मेनपावरमा वैदेशिक रोजगारीमा जान चहानेहरुलाई सम्पर्क गराउँदै आएका रविन विकलाई पछिल्लो समय ताकेता बढेको बुझिएको छ । विदेश जाने ४०/५० जना व्यक्तिको पैसा फसेका कारण उनीसँग असुली गर्न हरेक दिनजसो युवाहरुहरु आउने गरेका थिए । हिजै मात्र ८÷१० व्यक्ति ताकेतामा आएको स्थानीयको भनाई छ । उनले रोजगारीमा जाने व्यक्तिलाई कुन मेनपावरमा पठाउथे भन्ने खुलिसकेको छैन ।

प्रकाशित मिति : भाद्र ७, २०७८ सोमबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]