जेष्ठ ६, २०८२ सोमबार

तत्काल कामका लागि घरबाहिर ननिस्कन महिलाहरुलाई तालिबानको निर्देशन

काठमाडौँ । अफगानिस्तानमा विभिन्न पेसा र व्यवसायमा आबद्ध रहेका महिलाहरुलाई तालिबानले तत्काल कामका लागि घर बाहिर ननिस्कन निर्देशन दिएको छ ।

तालिबानका प्रवक्ता जबीहुल्लाहले काबुलमा पत्रकार सम्मेलन गरी महिलाहरुको सुरक्षा सुनिश्चित नभएसम्म घर बाहिर ननिस्कन निर्देशन दिएका हुन् । संयुक्त राष्ट्रसङ्घले हालै अफगानिस्तानको पछिल्लो स्थितिको विश्लेषण गरी त्यहाँका महिलाहरु असुरक्षित रहेको बताएपछि तालिबानको तर्फबाट यस्तो निर्देशन आएको हो । राष्ट्रसङ्घीय मानव अधिकार उच्चायुक्त मिशेल बाचेलेटले अफगानी महिलाहरु आधारभूत रातो घेरा भित्र रहेको दाबी गरेका थिए ।

तालिबान प्रवक्ता मुजाहिदले अमेरिकाले बिना कारण अफगान नागरिकहरुलाई देश छोड्न प्रोत्साहित गरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न चेतावनी समेत दिएका छन् । अफगानिस्तानमा कोही पनि असुरक्षित नरहेको भन्दै उनले अमेरिकाले उद्धार कार्य तत्काल बन्द गर्न पनि भनेका छन् ।

प्रकाशित मिति : भाद्र ९, २०७८ बुधबार  ७ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]