नेकपा एमाले झापाको सचिवालय बैठक स्थगित
बिर्तामोड । नेकपा एमाले झापाको बैठक स्थगित भएको छ । पूर्वनिर्धारित भदौ १० गते बस्ने सचिवालयको बैठक स्थगित भएको नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।
मंगलवार पार्टीको स्थायी कमिटी बैठकले पार्टीगत संरचना ०७५ जेठ २ बाटै क्रियाशिल हुने निर्णय गरे पछि सचिवालय बैठक स्थगित गरेको अध्यक्ष पाठकले जानकारी दिए । माथिको निर्देशन अनुसार अघि बढ्नपर्ने भएकाले बैठक स्थगित गरिएको हो, उनले भने ।