जेष्ठ ५, २०८२ आईतबार

बिर्तामोडमा कोभिड खोप विक्रि बारे के आयो प्रतिवेदन ?

बिर्तामोड । झापाको बिर्तामोड साउन १५ देखि यता खोप काण्डले तातिएको थियो । खोप लुकाएको आरोप लागेपछि घटनाबारे बुझ्ने–नबुझ्ने सबै एकोहोरो आरोप लगाइरहेका थिए । तर, जिल्लास्तरीय छानविन समितिले प्रतिवेदन सार्वजनिक गरेपछि माहोल सेलाएको छ ।

बिर्तामोडमा तत्कालिन कोभिड फोकल पर्सन ओम खड्कालाई खोप लुकाएको एउटा आरोप मात्र लागेको थिएन । उनले बिर्तामोडमा ठुला घरानाका व्यापारीलाई १० देखि २० हजार रुपैयाँसम्ममा विक्रि गरेको अर्को आरोप पनि लागेको थियो । दुवै आरोप लगाउने समूह लगभग एउटै थियो । सो समूहलाई छानविन समितिले आवश्यक प्रमाण ल्याउन सहयोग समेत मागेको थियो । तर, आरोप लगाउनेहरुले सामान्य प्रमाण समेत दिन सकेनन् । खड्काले खोप केन्द्र बाहिर लगेर खोप विक्रि गरिएको आरोप लगाइएको थियो ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा बनेको छानविन समितिले यसबारे प्रतिवेदनमा भनेको छ, ‘कोहि कसैले पनि निर्धारित खोप केन्द्र बाहेक अन्यत्र खोप लगाएको भन्ने उजुरी प्राप्त नभएको ।’ समितिले बिर्तामोडमा खोप केन्द्रमा मात्र खोप लगाइएको स्पष्ट पारेको छ । खड्काले पैसा लिएर खोप लगाईदिएको आरोप पनि प्रमाणित हुन नसकेको प्रतिवेदनमा स्पष्ट छ ।
समितिको मुख्य काम खोप लुकाइएको हो , होइन भन्ने बारे छानविन गर्नु थियो । छानविनबाट खोल लुकाइएको भन्ने आरोप सत्य नभएको प्रतिवेदन आइसकेको छ । खड्काले होटलमा खोप बुझेको घटनालाई चरम लापरबाही भनिएको छ । उनलाई विभागीय कारवाहीका लागि डीसीसीएमसीले सिफारिस गरिसकेको छ ।

प्रकाशित मिति : भाद्र ९, २०७८ बुधबार  १० : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]