बैशाख २९, २०८१ शनिबार

शर्माको उपचारमा चैतुवारीका व्यवसायीद्वारा सहयोग

बिर्तामोड । झापा बिर्तामोड–२ का प्रकाश शर्माको उपचारका लागि चैतुबारीका व्यवसायीले आर्थिक सहयोग गरेका छन् । लामो समयदेखि आर्थिक समस्याका कारण उपचार गर्न नसकिरहेका शर्मालाई व्यवसायीले मंगलवार सहयोग रकम हस्तान्तरण गरेका छन् ।

दुवै खुट्टाको पाङ्ग्रा र तिघ्राको हड्डी अपरेशन गर्न नसकेर तीन वर्षदेखि ओच्छ्यान परेका शर्मालाई उपचारका लागि सहयोग जुट्न थालेको छ । बिर्तामोड–२ चैतुवारीका व्यवसायीले शर्माको उपचारका लागि एकमुष्ट २१ हजार १ सय १५ रुपैयाँ सहयोग गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष पारस संग्रौलाले जानकारी दिए । संग्रौला र चैतुवारी युवा क्लवका अध्यक्ष दिलिप कुमार राजवंशीले रकम हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : भाद्र ९, २०७८ बुधबार  १० : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]