जेष्ठ ६, २०८२ सोमबार

ओलीको गृह जिल्लाका पाचैं जना केन्द्रीय सदस्य एमालेमा

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा रहेका पाँच जना केन्द्रीय सदस्यहरु सबै एमालेमै बसेका छन् । उनीहरुमध्ये एक जना पनि नेकपा समाजवादीमा गएनन् ।

नेकपा एमालेबाट चोइटिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा झापामा रहेका पाँचै जना केन्द्रीय सदस्य सनाखतमा उपस्थित भएनन् । पार्टीको नवौं महाधिवेशबाट झापा जिल्लाबाट हिक्मत कार्की र रविन कोइराला केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । पछि पार्टीको मेची महाकाली अभियानको समयमा हरि राजवंशी , माओवादी र एमाले बिचको एकताको समयमा नरेश खरेल, देवेन्द्र दाहाललाई केन्द्रीय सदस्य बनाइएको थियो । उनीहरु सबै जना ओली कित्तामा उभिएका छन् ।

झापा बस्दै आएका ताप्लेजुङका इञ्चार्ज भास्कर काफ्ले समेत सनाखत उपस्थित नभएको सूचना प्राप्त भएको छ । चन्द्रागिरीमा सहभागी भएका काफ्ले खनाखत गर्ने दिन सम्पर्क विहीन बनेका छन् । उनी झापाको अर्जुनधारा बस्दै आएका छन् ।

प्रकाशित मिति : भाद्र ९, २०७८ बुधबार  ५ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]