झापा थप १८३ जनामा कोरोना संक्रमण
बिर्तामोड । झापामा आज १८३ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै दमक, बिर्तामोड र कमल गाउँपालिकामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार दुई जना इलामका संक्रमितको झापामा मृत्यु भएको छ ।
आज थप २६५ जना संक्रमित उपचार पछि घर फर्किएका छन् । हालसम्म १९ हजार ५ सय ४८ जना निको भइसकेका छन् । जिल्लामा मृत्यु हुनेको संख्या ५५४ पुगिसकेको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा कोभिड विरुद्धको पहिलो जोड खोप १ लाख ७६ हजार ७ सय २६ जना र दोस्रो २० हजार ५ सय ८९ जनाले लगाएका छन् ।