जेष्ठ ६, २०८२ सोमबार

१८ वर्षदेखि फरार प्रतिवादी बिर्तामोडबाट पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले १८ वर्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले सरकारी छाप किर्ते गर्ने बिर्तामोड –५ का पर्शुराम पोखरेललाई पक्राउ गरेको हो ।

सरकारी छाप किर्ते गरेको मुद्धामा पुनरावेदन अदालत इलामले ०६० भदौमा पोखरेललाई १ वर्ष कैद फैसला सुनाएको थियो । सोही समयदेखि फरार पोखरेललाई बिर्तामोड प्रहरीले बुधबार पक्राउ गरि जिल्ला अदालत भद्रपुर बुझाएको छ । फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराई सम्मानित अदालतको आदेशले निजलाई बाँकी कैद भुक्तानको लागि कारागार पठाएको छ ।

प्रकाशित मिति : भाद्र ९, २०७८ बुधबार  ७ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]