जेष्ठ ६, २०८२ सोमबार

रोजगारीका लागि नेपाल आउने विदेशी बढे

काठमाडौं । कोरोना संक्रमणका कारण नेपालबाट विदेश जाने श्रमिक घटिरहेको बेला रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या भने बढेको छ ।

विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यवसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्विकृति लिने विदेशीको संख्या बढेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष नेपालमा काम गर्ने चाहना राख्दै श्रम स्वीकृति लिने विदेशीको संख्या १७ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७६ /०७७ मा नेपालमा रोजागारीका लागि नयाँ श्रम स्वीकृति र सोको नवीकरण गर्नेको संख्या दुई हजार ५० रहेकोमा आर्थिक वर्ष २०७७ /७८ मा दुई हजार ३९० पुगेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।

यसमध्ये पनि अघिल्लो आवमा एक हजार ९१ नयाँ आवेदकलाई श्रम स्वीकृति दिइएको थियो भने ९५९ जना पुरानाको श्रम स्वीकृति नवीकरण गरिएको थियो । यस्तै गत आवमा १ हजार ९० नयाँलाई श्रम स्वीकृति दिइएकोमा एक हजार तीन सय गैरनेपालीको श्रम स्विकृति नवीकरण गरिएको थियो ।

यसरी नै श्रम स्वीकृति नवीकरण गर्नेको संख्या समेत अघिल्लो आवको तुलनामा १३ प्रतिशत अर्थात ९५९ बाट बढेर एक हजार तीन सय पुगेको विभागले जनाएको छ । कारोबार दैनिकबाट

प्रकाशित मिति : भाद्र १०, २०७८ बिहीबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]