जेष्ठ २, २०८१ बुधबार

सामाजिक विकास मन्त्री साम्सोहाङद्धारा कोभिड अस्पतालको अनुगमन

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको आज अनुगमन गर्नुभएको छ ।

मन्त्री साम्सोहाङले कोभिड अस्पतालमा उपचाररत विरामीको अवस्था, आईसीयु, एडियू वेड लगायतका बारेमा अस्पतालका संयोजक वैद्यनाथ साह, चिकित्सक, स्वाथ्यकर्मीसँग जानकारी लिनुभएको थियो । उहाँले कोरोना संक्रमितको उपचार प्रभावकारी र कुनै गुनासो नआउने गरि गर्न निर्देशन दिनुभयो ।

कोभिड संयोजक साहले अस्पतालमा अहिले बेडको अभाव नभएको मन्त्री समक्ष जानकारी गराउनुभयो । मन्त्री साम्सोहाङले कोभिड अस्पतालको प्रशासनिक कार्य उपचार केन्द्रको खाली भवनबाट गर्नेगरि व्यवस्थापन मिलाउन निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो,‘ टेन्टबाट भन्दा खाली भवन मर्मत गरेर सञ्चालन गर्नुहोस् ।’ प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पताल आईसीयु, एसडीयू, भेन्टिलेटर सहित गरि ९६ वेडको रहेको छ । कोभिड अस्पतालको सामाजिक विकास मन्त्री साम्सोहाङ, मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई लगायतले अनुगमन गर्नुभएको थियो ।

प्रकाशित मिति : भाद्र १३, २०७८ आईतबार  ५ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]