बैशाख २७, २०८२ शनिबार

शनिवार पनि बन्द हुन थाल्यो विर्तामोड

बिर्तामोड । झापाको व्यापारिक केन्द्र विर्तामोडमा शनिवारकाे बन्द शुरु भएको छ । साप्ताहिक रुपमा सोमवार बन्द हँुदै आएको विर्तामोडमा केहि व्यापारीहरुले शनिवार बन्द गर्न थालेका छन् ।


सोमवार बन्द हुँदै आएको विर्तामोडमा अहिले शनिवार बन्द गर्ने बहस चलिरहेको छ । वाणिज्य संघ विर्तामोडले शनिवारको बन्द बारे आधिकारिक धारणा सार्वजनिक नगर्दा व्यवसायी विचमा अन्यौल बढेको छ । बस्तुगत संघ संगठनले बिर्तामोडमा पूर्वका ठुला बजार सरह शनिवार नै बन्द गर्नुपर्ने धारणा सार्वजनिक गरिसकेका छन् ।

पूर्वको ठुला बजार विराटनगर, इटहरी र धरान समेत शनिवार नै बन्द भएकाले बिर्तामोड पनि शनिवार बन्द गर्नुपर्ने नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया बताएका छन् । उनले विर्तामोड बजार शनिवार बन्द गर्ने मुद्दा समस्या नभएको बताउँदै राष्ट्र मै शनिवार विदा भएको बुझिदिन आग्रह समेत गरेका छन् ।


साउन ११ गते शनिवार विर्तामोडका व्यवसायीले व्यवसाय बन्द गरेका थिए । आंशिक रुपमा शनिवार बन्दको शुरुवात भएको पाइएको छ । विर्तामोडस्थित क्वालिटी कम्प्यूटरले पनि शनिवार बन्द गर्न थालेको छ । यस्तै, मारुती आइरन, भ्रमण हार्डवेयर ,ठुला तथा साना हार्डवेयरका पसल, अटो मोवाइल्स, होलसेल पसलहरु, खाद्यान्नका ठुला गोदामहरुले शनिवार नै बन्द गर्न थालेको व्यवसायी हेमन्त पौडेलले जानकारी दिए ।


शनिवार ठुला कारोवार गर्ने व्यवसायीले व्यवसाय बन्द गरेपनि खुद्रा व्यापारीले खोलेका थिए । उनीहरु सोमवार कै पक्षमा उभिएका छन् । बिर्तामोडमा ठुला होलसेलरहरुले आर्थिक कारोवार गर्न समेत वित्तिय संस्थाहरु बन्द भएपछि खुल्ला गर्नुको औचित्य नरहेको जानकारी दिएका छन् । दुई साताअघिबाट शनिवार बन्द गर्ने विषयले प्रवेश पाएपनि व्यापारीहरु सोमवार वा शनिवार कहिले बन्द गर्ने भन्नेमा अन्यौलमा परेको बताइरहेका छन् ।


उधोग वाणिज्य संघ विर्तामोडका महासचिव प्रशान्त भण्डारीले अहिलेसम्म साप्ताहिक छुट्टी सोमवार नै कायम रहेको बताएका छन् । वाणिज्य संघको साधारण सभामा शनिवार छुट्टीको माग उठेपनि व्यवसायी विचमा सहमति नजुटेपछि सोमवार नै यथावत रहेको बताए । स्वतन्त्र व्यवसाय गर्न कुनै दिन कसैलाई बन्द वा छुट्टी गर भन्न मिल्दैन, भण्डारीले भने– वाणिज्य संघले तत्काल यो मुद्दामा बोल्दैन । चाडवाड आएकाले अब सबै दिन बजार खुल्छ । उनका अनुसार त्यपछि व्यवसायी विचमा सोमवार वा शनिवार कहिले छुट्टी गर्ने भन्ने विषयमा साझा सहमतिको प्रयास हुने छ ।
वस्तुगत संघका अगुवाहरुले भने विस्तारै विर्तामोड शनिवार नै बन्द हुने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : श्रावण १२, २०७६ आईतबार  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]