बैशाख १२, २०८१ बुधबार

लागुऔषधसहित मदनपुरबाट तीन जना पक्राउ

बिर्तामोड । अर्जुनधारा–४ मदनपुरबाट लागुऔषध कारोवार गर्ने तीनलाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार प्रहरीले पक्राउ गरि उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ ।

मदनपुर क्षेत्रमा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाको पाएपछि लागुऔषध ब्युरो काकडभिट्टा, ईप्रका अनारमनी र प्रहरी चौकी शनिश्चरेबाट खटिएको संयुक्त प्रहरी टोलीले तीन जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले अर्जुनधारा –२ बस्ने बर्ष १८ को एबिट बुढाथोकी, ३० वर्षीय सजित समाल, अर्जुनधारा–३ का २६ वर्षीय सौगात खतिवडाको साथबाट ७ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर, ४९ हजार ५ सय र ५ थान मोबाइल बरामद गरेको छ । ईप्रका अनारमनीमा ल्याई थप अनुसन्धानको भइरहेको छ ।

प्रकाशित मिति : भाद्र १६, २०७८ बुधबार  ८ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]