बैशाख १३, २०८१ बिहीबार

रगत सहजीकरण र डिजिटल एप्सको अवधारणा

दीपक दास

नेपालको सुदुरपूर्व जिल्ला झापा पूर्वमा भारतको वंगाल, पूर्व उत्तरमा साविक मेची अंचलका इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला जाने बाटोको रुपमा पनि झापा जिल्लालाई आधार मानिन्छ । पश्चिममा मोरङको सिमाना रहेको झापाको पूर्वी नाका काकरभिट्टा देखि महेन्द्रराजमार्गमा हुदै मोरङ्ग जिल्ला प्रदेश गर्दा धेरै साना ठूला शहरहरु रहेका छन् ।

जनसंख्याको आधारलाई मान्दा ठूलो जिल्ला मध्ये एक झापालाई मान्न सकिन्छ । करिव ८ लाख जनसंख्या रहेको झापामा अन्य जिल्ला तथा संग–संगै भारतबाट आएर झापामा बसोबास गर्ने जनसंख्याको पनि वाक्लो उपस्थिति भएको झापामा सातवटा नगरपालिका र ८ वटा गाउँपालिका रहेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सुविधाले उल्लेखित बृद्धि विकास भएको झापाको सदरमुकाम चन्द्रगढी, भद्रपुर, विर्तामोड, दमक, सुरुङ्गा, धुलावारी, काँकडभिट्टा बजारहरु शहरको रुपमा विकास भएको छन् ।

स्वास्थ्य चौकी, प्रादेशिक अस्पताल, निजी अस्पताल संग–संगै पूर्वाञ्चल क्यान्सर अस्पतालको समेत स्थापना भइसकेको झापामा मानिसको उपचारका लागि पूर्वी जिल्लाहरु र पश्चिम तिरका जिल्लाबाट समेत औषधि उपचारका लागि झापामा निर्भर हुनेको संख्या उल्लेखनीय बृद्धि भएको छ । विरामीका लागि औषधी उपचार–चिकित्सकसँगै रगतको आवश्यकता पर्ने गर्दछ । दुर्घटना, अपरेशन, रक्तअल्पदा, सुत्केरी, क्यान्सर डाइलासिसका लागि रगतको आवश्यकता विरामीको अवस्था अनुसारको माग (पाउण्ड) मा पर्ने गर्दछ । रगत व्यवस्थापनको अग्रडी स्थानमा रेडक्रस सोसाइटी झापाले झापाको भद्रपुर, विर्तामोडमा र दमक रगत बैंक मार्फत रगत उपलब्ध गराउदै आएको छ । रगतदाताहरु तथा विभिन्न संघसंस्थाले आयोजना गरेका रक्तदान कार्यक्रम मार्फत रगत व्यवस्थापन हुदै आएको छ ।
नियमित जस्तै गरी हुने रक्तदान कार्यक्रमले रगतको अभावलाई परिपूर्ति गर्दै आएको अवस्थामा केही संघसंस्था, सामाजिक सञ्जाल अभियान्ताले रगत अभावलाई न्यूनिकरण गर्ने अहोरात्र काम गरेका छन् ।

जीवनका लागि रगतको आवश्यकतालाई मध्यनजर गर्दै रक्तदानलाई जीवन दान पनि भनिएको छ । नेपालको झापा, मोरङ्ग, सुनसरीमा अवस्थित ठुलो अस्पताल मै रगत अभाव र खोजी कार्यको सामाजिक सञ्जालमा मागको पोष्ट आउने क्रम बढ्दै गएको छ ।
रगत अभावलाई न्यूनिकरण गर्न त्यसै गरी दुलर्भ रगत र नियमित रक्तदानको तथ्याङ्कलाई रेडक्रस संग–संगै रगत व्यवस्थापन काम गर्ने सामाजिक सञ्जालमा ग्रुपहरु निर्माण गरी कार्य सम्पादन गर्ने र केही अभियान्ताले रगत व्यवस्थापनमा सहजीकरण गरेको अवस्था छ । यद्यपी बढ्दो रगतको माग र आपूर्तिलाई सहज पु¥याउने विद्युतीय माध्यम डिजिटल एप्स, प्रणालीको आवश्यकता टडकारो रुपमा बृद्धि भएको छ । दुर्घटना, क्यान्सर, मेजर अपरेशन, डाइलासिसका विरामीको मागलाई पूर्ण रुपमा सम्बोधन गर्न अझै गाह्रो भएको छ । त्यसअर्थ झापाका विरामी, मोरङ, सुनसरी लगिएका विरामीलाई आवश्यक पर्ने रगत, रगत समुह, रगतदाताको पूर्ण विवरण राखिनु आवश्यक भएसकेको छ । रगत विद्युतीय प्रणाली डिजिटल एप्स मार्फत आवश्यक रगत विवरण, रगतदाता, रक्तदान गरेको मिति, रगत समुह जस्ता सम्पूर्ण विवरण राखी व्यवस्थित प्रणालीको शुरुवात गर्न सक्दछ ।

नियमित रक्तदानले हालको मागलाई धानी रहेको अवस्था भएतापनि दैवि प्रकोप, रात्रीको समयमा माग गरिने फ्रेस ब्लड र अहिलेको कोरोना महामारी संग–संगै हुने लकडाउन, निषेघाज्ञाका कारण समय मै रगत नपाउने समस्याहरु दिनानुदिन बढ्दो क्रममा छ । रगतदान तथा दानको खोजी कार्यका लागि रगत दाता पहिचान, समय निर्धारण तथा व्यवस्थित तरिकाले रगत व्यवस्थापन गर्न डिजिटल एप्स माध्यमबाट सहजीकरण गरिने छ । दाताको सम्पर्क, रगतदान गरेको मिति÷अवधी, रगत समूह विवरण सबै राखी व्यवस्थापनलाई सहज बनाउदै लैजाने कार्यको लागि एप्सको खाँचो महसुस गरिएको छ ।

प्रकाशित मिति : भाद्र १६, २०७८ बुधबार  ९ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]